नेपाल भ्रमण गर्ने विदेशी विशिष्ट अतिथिका लागि राजकीय अतिथि गृह बन्ने

 

भदौँ ४ काठमाडौं, नेपाल भ्रमण गर्ने विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायतका विशिष्ट अतिथिलाई बस्नका लागि सुविधासम्पन्न राजकीय अतिथि गृह (स्टेट गेस्ट हाउस) निर्माण प्रक्रिया अगाडि बढेको छ । ललितपुरको पुल्चोकस्थित अहिलेको मन्त्री निवास परिसरमा राजकीय अतिथि गृह बनाउने प्रक्रिया अगाडि बढेको हो । करिब डेढ अर्ब रुपियाँको लागतमा यो अतिथि गृह निर्माण गर्न लागिएको हो ।

सो अतिथि गृह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा विस्तृत ‘डिजाइन’ तथा ‘ड्रोइङ’को कामसमेत सम्पन्न भइसकेको जानकारी सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका निर्देशक दिलीपशेखर श्रेष्ठले दिए ।

श्रेष्ठले भने, “विभिन्न मुलुकका राष्ट्राध्यक्ष, सरकार प्रमुख र विशिष्ट व्यक्तिहरूद्वारा समयसमयमा हुने नेपाल भ्रमणको क्रममा उहाँहरूलाई कुनै होटलमा नराखी राज्यकै स्वामित्वमा रहेको अतिथि गृहमा बसोबासको व्यवस्था गर्ने गरी राजकीय अतिथि गृह निर्माण प्रक्रिया सुरु गरिएको हो ।”

उनले अगाडि भने, “विदेशबाट यहाँ आउने पाहुनालाई राख्ने अहिले राज्यको कुनै उच्च सुविधासम्पन्न अतिथि सदन छैन । मात्र होटलमा राख्नुपर्ने अवस्था छ । त्यसैले सुविधायुक्त अत्याधुनिक राजकीय अतिथि गृह निर्माण गर्न लागिएको हो । यो अतिथि गृह अहिलेसम्मकै सबभन्दा अत्याधुनिक हुने छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?