कुलमान विरुद्ध सर्वोच्च अदालत पुगे हितेन्द्रदेव शाक्य

 

साउन ३२, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । हितेन्द्र देव शाक्यले कुलमान विरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका हुन ।
प्राधिकरणको उक्त पदमा आफू कायम रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून विपरित भएको भन्दै शाक्यले सोमबार रिट दर्ता गराएका हुन् ।
आफूले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट राजीनामा  नदिएको र सरकारले पठाएको उर्जा आयोगको विज्ञको पद पनि स्वीकार नगरेको अवस्थामा घिसिङको नियुक्ती कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्त विपरित भएको दाबी गर्दै उक्त नियुक्ती खारेज गर्न शाक्यको माग छ । उनले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग रिटमा गरेका छन्। आफूलाई विस्थापित गर्न जब्बरजस्ती कुलमानलाई नियुक्ति गरिएको शाक्यको जिकिर छ । शाक्यले आफूलाई हटाउने सरकारको निर्णय र कुलमान घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय बदर हुनुपर्ने माग समेत गरेका छन् । कुलमान विरुद्ध परेको रिटमाथि सुनुवाइको पेसी बुधबारलाई तोकिएको छ ।
सरकारले साउन २७ गते कुलमान घिसिङलाई दोस्रो पटक प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?