कुलमान विरुद्ध सर्वोच्च अदालत पुगे हितेन्द्रदेव शाक्य

 

साउन ३२, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । हितेन्द्र देव शाक्यले कुलमान विरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका हुन ।
प्राधिकरणको उक्त पदमा आफू कायम रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून विपरित भएको भन्दै शाक्यले सोमबार रिट दर्ता गराएका हुन् ।
आफूले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट राजीनामा  नदिएको र सरकारले पठाएको उर्जा आयोगको विज्ञको पद पनि स्वीकार नगरेको अवस्थामा घिसिङको नियुक्ती कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्त विपरित भएको दाबी गर्दै उक्त नियुक्ती खारेज गर्न शाक्यको माग छ । उनले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग रिटमा गरेका छन्। आफूलाई विस्थापित गर्न जब्बरजस्ती कुलमानलाई नियुक्ति गरिएको शाक्यको जिकिर छ । शाक्यले आफूलाई हटाउने सरकारको निर्णय र कुलमान घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय बदर हुनुपर्ने माग समेत गरेका छन् । कुलमान विरुद्ध परेको रिटमाथि सुनुवाइको पेसी बुधबारलाई तोकिएको छ ।
सरकारले साउन २७ गते कुलमान घिसिङलाई दोस्रो पटक प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

ताजा खबर

दोधाराचाँदनीमा सुक्खा बन्दरगाह निर्माणका लागि रुख कटानी शुरु

कञ्चनपुर, २६ बैशाख । पश्चिम नेपाल कञ्चनपुरको दोधाराचाँदनीमा निर्माण हुने...

तिन दिने फारवेष्ट ट्रयाभल मार्ट आयोजना हुने

कञ्चनपुर, २४ वैसाख भीमदत्त नगरपालिकाको आयोजना तथा नेपाल पर्यटन बोर्डको...

बेलडाँडी भैंसी किसान राना मृत भेटिएको १५ दिन बित्दा कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

विमल धामी बेलडाँडी २४ बैशाख । “एक इमानदार श्रमिक, मेहनती भैंसी...

नेपाली बीरताको प्रतिक ‘नालापानी किल्ला’

मोहन विष्ट, देहरादुन झण्डै अढाई सय अर्थात २ सय ६५...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?