कञ्चनपुर जिल्ला प्रशासनले सुरक्षा मापदण्डको पुर्ण पालनका साथ भोलि देखि सेवा सुचारु

कञ्चनपुर:-विश्वव्यापी फैलिएको महामारी कोभिड–१९ कोरोना भाइरसको दोस्रो लहरले स्थगन भएका सेवाहरु कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले भोलि देखि सेवा पुन सुचारु गर्ने भएको छ।

सोमबार सूचना जारी गर्दै कोभिड–१९ का कारण बैशाख १६ गते देखि कार्यालयबाट प्रवाह हुने सेवाहरु स्थगन भएका सेवाहरु भोलि असार ८ गते देखि प्रशासन कार्यालयले सातामा ६ दिन सेवा दिने भएको हो । हरेक दिन निश्चित सेवाग्राहीलाई सेवा दिने जनाएको छ । प्रशासकिय अधिकृत पदमराज भट्टले हस्ताक्षर गरेको विज्ञप्तीमा नागरिकता, राहदानी, सेवा विस्तार हुने उल्लेख गरिएको छ।

मंगलबार देखि सुचारु हुने सेवाहरु हरेक दिन निश्चित सेवाग्राहीलाई सेवा दिने जनाएको छ । जिल्लाका पालिका लाई बार अनुसार काम हुने उल्लेख छ। जसमा आइतबार सोमबार भीमदत्त ,बेदकोट,पुनर्वास नगरपालिका , मंगलबार बुधबार कृष्णपुर ,शुक्लाफाँटा,बेलौरी नगरपालिका ,बिहिवार शुक्रबार दोधारा चादनी नगरपालिका , बेलडाँडी र लालझाडी गाउँपालिका लाई विभाजन गरिएको छ।

नागरिकता सम्बन्धी सेवाका लागि बिहान १०ः०० बजे देखि १०ः३० बजे सम्म टोकन लिई सक्नु पर्ने छ। दिनमा सेवा दिन सकिने संख्या सिमित राखेको छ। जसमा नयाँ नागरिकता ३० र प्रतिलिपि नागरिकता २० जनालाई उपलब्ध गराइने छ।
बाँकी प्रशासनको सूचनामा हेर्नुहोस..

ताजा खबर

गणतन्त्र दिवस, राष्ट्रिय एकता आजको आवश्यकता : रावल

 धनगढी १५ जेठ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनगढीमा...

होली फेमिली इङ्लिस मिडियम स्कुलमा अन्तर माध्यमिक टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुँदै

कञ्चनपुर १४ जेठ कञ्चनपुरको भिमदत्त नगरपालिका–१० तिल्केनीस्थित हाेली फ्याम्ली अंग्रेजी...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर १४ जेठ  कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

रोयल दरबार होटल घटनामा प्रहरीको भूमिकामाथि प्रश्न, पीडित पक्षले गर्याे लापरवाहीको आरोप

कञ्चनपुर १३ जेठ भीमदत्त नगरपालिकाको भाषिमा रहेको रोयल दरबार होटलमा...

मेधाबीका विद्यार्थीहरुद्धारा नेपाल दुरसंचार प्राधिकरणको कार्यालय अवलोकन

कञ्चनपुर १३ जेठ कञ्चनपुरमा रहेको मेधाबी सेकेन्ड्री स्कुलले कक्षा ९...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?