कञ्चनपुर जिल्ला प्रशासनले सुरक्षा मापदण्डको पुर्ण पालनका साथ भोलि देखि सेवा सुचारु

कञ्चनपुर:-विश्वव्यापी फैलिएको महामारी कोभिड–१९ कोरोना भाइरसको दोस्रो लहरले स्थगन भएका सेवाहरु कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले भोलि देखि सेवा पुन सुचारु गर्ने भएको छ।

सोमबार सूचना जारी गर्दै कोभिड–१९ का कारण बैशाख १६ गते देखि कार्यालयबाट प्रवाह हुने सेवाहरु स्थगन भएका सेवाहरु भोलि असार ८ गते देखि प्रशासन कार्यालयले सातामा ६ दिन सेवा दिने भएको हो । हरेक दिन निश्चित सेवाग्राहीलाई सेवा दिने जनाएको छ । प्रशासकिय अधिकृत पदमराज भट्टले हस्ताक्षर गरेको विज्ञप्तीमा नागरिकता, राहदानी, सेवा विस्तार हुने उल्लेख गरिएको छ।

मंगलबार देखि सुचारु हुने सेवाहरु हरेक दिन निश्चित सेवाग्राहीलाई सेवा दिने जनाएको छ । जिल्लाका पालिका लाई बार अनुसार काम हुने उल्लेख छ। जसमा आइतबार सोमबार भीमदत्त ,बेदकोट,पुनर्वास नगरपालिका , मंगलबार बुधबार कृष्णपुर ,शुक्लाफाँटा,बेलौरी नगरपालिका ,बिहिवार शुक्रबार दोधारा चादनी नगरपालिका , बेलडाँडी र लालझाडी गाउँपालिका लाई विभाजन गरिएको छ।

नागरिकता सम्बन्धी सेवाका लागि बिहान १०ः०० बजे देखि १०ः३० बजे सम्म टोकन लिई सक्नु पर्ने छ। दिनमा सेवा दिन सकिने संख्या सिमित राखेको छ। जसमा नयाँ नागरिकता ३० र प्रतिलिपि नागरिकता २० जनालाई उपलब्ध गराइने छ।
बाँकी प्रशासनको सूचनामा हेर्नुहोस..

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?