एरोविक टिटि एम्बेसडरमा अनिता महर्जन नियुक्त

काठमाडौंः नेपाली पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी अनिता महर्जन नेपालका लागि लण्डनस्थित एरोविक टेबल टेनिसको ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छिन् । एरोविकले महर्जनलाई ३ बर्षका लागि नेपालका लागि एम्बेसडरमा नियुक्त गरेको हो । एरोविकले महर्जनलाई पार्टनर, प्रोमोटर र प्रशिक्षकको रुपमा समेत चयन गरेको छ ।
लण्डनस्थित एरोविक टेबलटेनिस २०११ मा स्टिभ रोले स्थापना गरेका हुन् । एरोविक टेबलटेनिस नवखेलाडीहरुलाई एरोविकको माध्ययमबाट शारीरिक तन्दुरुस्त बनाउने कार्यक्रम हो । खेलाडीहरुलाई एरोविकका माध्ययमले शारीरिक तन्दुरुस्त बनाउनुका साथै साँगितिक धुनको तालमा खेलाडीहरुलाई वर्कआउट, फुटवर्क गराउने जसका कारण खेलाडीहरुले आनन्द महशुस गर्दै क्यालोरी बर्न गर्ने, मुटु र फोक्सोलाई तन्दुरुस्त राख्ने र टेबलटेनिस खेलको पूर्ण ज्ञान र प्रशिक्षण प्राप्त गर्नेछन् । टेबलटेनिसमा रिदम र टाईमिङ्ग महत्वपूर्ण हुन्छ । यसलाई संगितसंग तालमेल मिलाउन सके टेबलटेनिस सिक्न अझै मद्धत पुग्छ । एरोविक टेबलटेनिस उच्च ईनर्जी फिटनेश वर्कआउट र टेबलटेनिसको सामूहिक गठबन्धन हो ।

जुलाई १५ मा एरोविक टेबलटेनिसका प्रमुख कार्यकारी स्टिभ नेपाल भ्रमणमा आउने र नेपाली खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको छ । यस्तै त्यस प्रशिक्षणमा उत्कृष्ट देखिएका ३ छात्र र ३ छात्रालाई लण्डनस्थित आफ्नो एकेडेमीमा प्रशिक्षणका लागि लैजाने सम्भौता भएको महर्जनले जानकारी गराईन् ।

अनिताले एकल प्रयासमा सामाखुसीस्थित आफ्नै घरमा १५ लाखको लागतमा एन्निज पिङ्ग पङ्ग क्बल स्थापना गरि बच्चाहरुलाई निशुल्क टेबल टेनिस प्रशिक्षण प्रदान गर्दै आईरहेकी छिन् । नेपालमा टेबलटेनिसको विकास गर्ने उद्धेश्यले विगत १५ बर्ष देखि लागि परेकोमा एप्रिल ६, २०२१ बिश्व टेबलटेनिस डेको अवसर पारि क्बल स्थापना गर्दै आफ्नो सपना साकार पारेकी छिन् । हाल क्लबमा तीन टेबलटेनिस बोर्ड रहेको छ भने १५ बालबालिकाले प्रशिक्षण लिई रहेका छन् । ब्यक्तिगत रुपमा महिला उद्यमीको रुपमा उनको कार्यलाई नियाली रहेको अन्तराष्ट्रिय टेबल टेनिस महासंघले उनको कार्यको मुल्याङ्कन गर्दै बिश्व टेबलटेनिस डेको अवसरमा आफ्नो जर्नलमा महर्जनको बारेमा लेख समेत प्रकाशित गरेको छ । नेपालीहरुलाई यति महत्व प्रदान गर्दै आफ्नो जर्नलमा लेख प्रकाशित गर्नुले बिश्व खेल जगतमा नेपाल र नेपालीको ईज्जत बढ्नुका साथै नेपालमा खेलकुदको विकास र विस्तारलाई नजिकबाट नियाल्दै उच्च महत्वमा राखेको देखिन्छ ।

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?