१४ जिल्लामा कोरोना संक्रमण बढ्यो, सतर्कता अपनाउंनूस् ः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका १४ जिल्लामा कोरोना भाइरस संक्रमण वृद्धि भएको बताएको छ ।बुधबार मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले पछिल्ला दिनमा १४ जिल्लामा कोरोना भाइरस संक्रमण बढेको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुर, पाँचथर र तेह्रथुम, बागमती प्रदेशको नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, रुकुम पश्चिम र दैलेख, सुदूरपश्चिम प्रदेशको डोटी र बाजुरामा संक्रमण बढेको हो ।

प्रवक्ता पौडेलले संक्रमण वृद्धि भएका जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । ती जिल्ला बाहेक अन्य जिल्लामा भने संक्रमितको संख्या घट्दै गएको मन्त्रालयले जनाएको छ । ४३ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० बढी रहेको उनले बताए ।

ताजा खबर

बालविवाह अन्त्यका लागि सञ्चारकर्मीसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुर, ७ भदौ  बालविवाह अन्त्यका लागि सञ्चारकर्मीसँग एकदिने अन्तरक्रिया कार्यक्रम...

जनश्रमदानबाट क्रिकेट अभ्यास पिच निर्माण, युवालाई खेलकुदमार्फत सकारात्मक बाटोमा जोड्ने अभियान

कञ्चनपुर, ६ भदौ  भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित जनश्रमदानमा क्रिकेट अभ्यास पिच...

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?