आफ्नो जग्गामा खेती गर्दा एफआइआरको धम्की

कञ्चनपुरः कञ्चनपुरको सीमा नाकामा रहेका नेपालीहरुलाई भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले दिने दुःख रोकिएको छैन। हालै मात्र दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरमा वर्षौंदेखि खेती गर्दै आइरहेका नारायणप्रसाद अधिकारीको परिवारलाई एसएसबी धम्काएको खबर बाहिर आएको छ।

२०२२ सालदेखि आफूले खेती गर्दै आइरहेको जमिन भारतको भएको र त्यहाँ कब्जा गरेको भन्दै धम्काइरहेको छ। मंगलबार ती एसएसबीका जवानले भारतीय जमिनमा कब्जा गरेर अधिकारी बसेको र अर्का जवानलाई उनको नाम लेख्न भनेका छन्।

त्यसपछि अर्का नेपालीले नेपाली सीमा नाकामा दादागिरी देखाउनुभन्दा चिन र कार्गिलमा गएर यस्तो दादागिरी देखाउनुस् भन्दा ती एसएसबीले प्रारम्भिक उजुरी(एफआइआर) गरेर त्यहिबाट नारायण अधिकारीलाई पक्राउ गर्ने धम्की दिएका छन्।

त्यसको लगत्तै अर्का नेपालीले ‘आफ्नो जमिनमा आएर आफुहरुलाई पक्राउ गर्ने तपाई को ?’ भनेर प्रश्न गरेका छन्।
उक्त स्थानमा सशस्त्र प्रहरी बलका केही जवान पनि देखिन्छन्। उनीहरुले नेपालीहरुलाई नै सम्झाइरहेको जस्तो देखिन्छ।

अधिकारीले २०५४ सालको नापीको फिल्ड बुकमा कायम भएर २०६६ सालमा सेतो पुर्जा पाइसकेका छन्। त्यहाँ बाली लगाउने समयमा भारतीय पक्षले आएर हरेक वर्ष दुःख दिने गरेको स्थानीयले बताएका छन्।

ताजा खबर

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?