आफ्नो जग्गामा खेती गर्दा एफआइआरको धम्की

कञ्चनपुरः कञ्चनपुरको सीमा नाकामा रहेका नेपालीहरुलाई भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले दिने दुःख रोकिएको छैन। हालै मात्र दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरमा वर्षौंदेखि खेती गर्दै आइरहेका नारायणप्रसाद अधिकारीको परिवारलाई एसएसबी धम्काएको खबर बाहिर आएको छ।

२०२२ सालदेखि आफूले खेती गर्दै आइरहेको जमिन भारतको भएको र त्यहाँ कब्जा गरेको भन्दै धम्काइरहेको छ। मंगलबार ती एसएसबीका जवानले भारतीय जमिनमा कब्जा गरेर अधिकारी बसेको र अर्का जवानलाई उनको नाम लेख्न भनेका छन्।

त्यसपछि अर्का नेपालीले नेपाली सीमा नाकामा दादागिरी देखाउनुभन्दा चिन र कार्गिलमा गएर यस्तो दादागिरी देखाउनुस् भन्दा ती एसएसबीले प्रारम्भिक उजुरी(एफआइआर) गरेर त्यहिबाट नारायण अधिकारीलाई पक्राउ गर्ने धम्की दिएका छन्।

त्यसको लगत्तै अर्का नेपालीले ‘आफ्नो जमिनमा आएर आफुहरुलाई पक्राउ गर्ने तपाई को ?’ भनेर प्रश्न गरेका छन्।
उक्त स्थानमा सशस्त्र प्रहरी बलका केही जवान पनि देखिन्छन्। उनीहरुले नेपालीहरुलाई नै सम्झाइरहेको जस्तो देखिन्छ।

अधिकारीले २०५४ सालको नापीको फिल्ड बुकमा कायम भएर २०६६ सालमा सेतो पुर्जा पाइसकेका छन्। त्यहाँ बाली लगाउने समयमा भारतीय पक्षले आएर हरेक वर्ष दुःख दिने गरेको स्थानीयले बताएका छन्।

ताजा खबर

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

एक दशकदेखि कञ्चनपुरका चार पक्की पुल अलपत्र

कञ्चनपुर, ३० बैशाख । कञ्चनपुरमा विगत एक दशकदेखि चार पक्की...

भीमदत्त १८का वडा सदस्य बस्नेतद्वारा बेदकोटका खेलाडीलाई खेलकुद समाग्री

  कञ्चनपुर, ३०  बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?