आज अध्यादेशबाटै बजेट सार्वजनिक हुँदै, मतदाता तान्ने कार्यक्रम समेटिने सम्भावना

काठमाण्डौ, १५ जेठ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८÷७९ को लागि बजेट सार्वजनिक गर्दैछ। संसदका दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट अर्थमन्त्री विष्णु पौडेलले दिउँसो चार बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम छ ।

प्रतिनिधि सभा नियमावलीमा बजेट प्रस्तुत गर्नुअघि संसदको दुवै सदनमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने उल्लेख भए पनि नियमावली सरकारले मिचेको छ । यस्तै संसदमा बजेट पूर्वको छलफल गर्नुपर्नेमा त्यो पनि गरेको छैन ।

अध्यादेशमार्फत बजेट नल्याउन पूर्व अर्थमन्त्री, पूर्व प्रधानन्यायाधीश, योजना आयोगका नौ जना पूर्व उपाध्यक्ष, पूर्व प्रमुख निर्वाचन आयुक्त लगायतले आग्रह गरिरहेका छन् ।

चुनाव घोषणा गरेको सरकारले मतदाता आकर्षित गर्ने र वितरणमुखी कार्यक्रम बजेटमा राख्न नपाउने विज्ञहरुले भन्दै आएका छन् । तर सरकारले सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि लगायतका कार्यक्रम समेट्ने आकलन गरिएको छ ।

यस्तै कोरोनाविरुद्धको खोप खरिद्, स्वास्थ्य संरचना सुधार, महामारीबाट समस्यामा परेको निजी क्षेत्रलाई राहत, ठूला आयोजनाको निरन्तरता लगायतका विषय बजेटमा समेट्ने तयारी छ । स्रोतले नधान्ने भएपछि सरकारले झण्डै पाँच खर्ब रुपैयाँ हाराहारीमा ऋण लिने गरी बजेट ल्याउन लागेको हो ।

ताजा खबर

अलौकिक मनोवैज्ञानिक स्वास्थ्य उपचार शिविर सञ्चालन हुने

कञ्चनपुर, १७ मंसिर कञ्चनपुरको दोधारा चादनी नगरपालिकामा यही मंसिर २०...

महाकाली आयुर्वेद औषधालयलमा स्वर्ण विन्दु प्राशन कार्यक्रम आयोजना हुदै

कञ्चनपुर, १७ मंसिर महाकाली आयुर्वेद औषधालयले ६ महिना देखि...

लक्ष्मी माध्यमिक विद्यालय बागफाँटामा प्रधानाध्यापक नाथको जन्मदिन विद्यार्थीहरूले मनाए

महेन्द्रनगर १५ मंसिर ः भीनपा–१९ स्थित लक्ष्मी माध्यमिक विद्यालय...

सुदूरका औषधी व्यवसायीको आन्दोलनले सेवाग्राही समस्यामा

पवन थापा कञ्चनपुर, १५ मंसिर गत साउन दोस्रो साता तत्तकालिन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?