नौ हजार ८४१ कोरोनामुक्त, छ हजार ८५५ सङ्क्रमित थपिए, ९६ को मृत्यु

काठमाडौं, जेठ १४ गते । नेपालमा एकैदिन नौ हजार ८४१ जना कोरोनामुक्त भएका छन् । पछिल्लो चौबीस घण्टामा कोरोनामुक्त भएका बिरामी हालसम्मकै सबैभन्दा उच्च हो । हालसम्म चार लाख २८ हाजर ६७० जना सङ्क्रमित निको भएका छन् । सङ्क्रमित निको हुने दर ७८.१ प्रतिशत पुुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ८५५ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या पाँच लाख ४९ हजार १११ पुगेको छ ।
मन्त्रालयले हाल एक लाख १३ हजार ३९४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ९६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या सात हजार ४७ पुगेको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?