महामारीविरुद्ध लड्न चिकित्सक संघद्वारा स्वास्थ्यकर्मीलाई तालिम

१३ जेठ, काठमाडौं । नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठन लगायतका स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थासँग मिलेर स्वास्थ्यकर्मीलाई तालिम दिन सुरु गरेको छ । बिहीबारदेखि सुरु भएको तालिम ५ वटा समूहलाई दुई÷दुई दिनको दरमा १० दिनसम्म चल्ने संघका अध्यक्ष लोचन कार्कीले जानकारी दिए । एउटा समूहमा १०० जना चिकित्सक एवं स्वास्थ्यकर्मीलाई समेटिएको छ ।

तालिममा कोरोना महामारीबाट बच्नको लागि संक्रमितलाई कसरी उपचार गर्ने, कोरोना अस्पतालमा चिकित्सकको तर्फबाट बिरामीको व्यवस्थापन कसरी गर्ने ? संक्रमितको उपचार गर्दा आफू कसरी जोगिने जस्ता विषय समेटिएको कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।

भर्चुअल माध्यमबाट गर्न लागिएको यो तालिममा देशभरका ३००० चिकित्सक एवं स्वास्थ्यकर्मीले सहभागिताका लागि आवेदन दिएका छन् । यो तालिम जुम र फेसबुक लाइभ मार्फत् दिन लागिएको कार्कीले जानकारी दिए ।

सामान्य अवस्थामा समेत स्वास्थ्यकर्मीको अभाव रहेको नेपाली स्वास्थ्य प्रणाली निकट भविष्यमा नै जनशक्तिको अभावले संकटमा पर्ने अवस्था आउन लागेको भन्दै चिकित्सक संघले त्यसको पूर्वतयारी स्वरुप तालिम सञ्चालन गर्न लागेको हो । ‘सुरुमा बेड अभावले हामीलाई समस्या गरायो, त्यसपछि अक्सिजन अभावको समाचार सुन्न थालियो, कोरोना लागेर चिकित्सकहरु आइसोलेसनमा बस्न थालेकोले अबको अभाव भनेको जनशक्तिको हुनेवाला छ’ कार्कीले भने ‘भएको जनशक्तिलाई राम्रो तालिम दिन सकियो भने यसले केही हदसम्म यो अभावलाई पूर्ति गर्न सक्छ भन्ने विश्वासका साथ यो तालिम आयोजना गरेका हौं ।’

चिकित्सक संघका अनुसार तालिम नेपाल चिकित्सक संघ, विश्व स्वास्थ्य संगठन, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको संयुक्त आयोजनामा गर्न लागिएको हो । ‘क्रिटिकल केयर ट्रेनिङ फर हेल्थ केयर वर्कर्स ः कोभिड १९’ नाम दिइएको सो तालिममा प्राविधिक सहयोग भने सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल(सिमोन), सोसाइटी अफ एनेस्थेसिओलोजिस्ट्स अफ नेपाल(सान) र क्रिटिकल केयर नर्स एसोसिएसन अफ नेपालको रहेको छ ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?