पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म प्रयत्नरत छौं: गोकर्ण विष्ट

१३ जेठ, काठमाडौं । नेकपा एमाले नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म प्रयासरत रहेको बताएका छन् । बिहीबार नेता बिष्टले ट्वीट गर्दै नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने उल्लेख गरेका हुन् ।

बुधबार माधव नेपाल पक्षीय १५ नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले चालेका असंवैधानिक कदम विरुद्ध एकताबद्ध संघर्ष अपरिहार्य रहेको विज्ञप्तिमा हस्ताक्षर गरेका विष्टले ०७५ जेठ २ मा फर्किएर पार्टी एकता गर्ने बारेमा आफूहरू अन्तिम समयसम्म तयार रहेको स्पष्ट पारेका हुन् ।

एमालेमा नेपाल समूहले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार पार्टी र संगठनलाई २ जेठ २०७५ को स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएको छ । अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेताहरुलाई जिम्मेवारीमुक्त गर्नुका साथै पार्टी सदस्य नै नभएकाहरुलाई जिम्मेवारी दिने जस्ता अवैध निर्णय गरेको भन्दै नेपाल समूहले समानान्तर कमिटीहरु बनाएको छ ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?