उपचारमा कुनै किसिमको ढिलाई गर्ने छुट कसैलाई छैन ः प्रधानमन्त्री

कठमाडौं, जेठ ११ गते । प्रधानमन्त्री एवं कोभिड १९ निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले कोभिड १९ विरुद्धको लडाई जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पन्न समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपचारमा कुनै किसिमको ढिलाई गर्ने छुट कसैलाई नभएको समेत बताउनुभयो ।
यसका जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपहरुका लागि पहल गर्न परराष्ट्र तथा स्वास्थ्य मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन उहाँले दिनुभयो । ‘खोप ल्याउन सकियो भने कोभिड विरुद्धको लडाई जितिन्छ । अन्यथा लडाई गरिरहनु पर्ने भयो ’, उहाँले भन्नुभयो ।
सरकारले हालै ल्याएको कोभिड १९ सम्बन्धी अध्यादेश बमोजिम गठित कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई आवश्यक जनशक्ति र संसाधन सरकारले तत्कालै उपलब्ध गराउने समेत बताउनुभयो । यसका साथै प्रधानमन्त्रीले केन्द्रबाट संक्रमणको सम्पूर्ण तथ्य तथ्यांक हासिल गरी उपचार सेवाको अवस्था चिकित्सा कर्मी र स्वास्थ्य उपकरणको उपलब्धता बारे अध्यावधिक जानकारी लिने र कमी भएका स्थानमा आपूर्ति गर्नका लागि संयोजन हुनुपर्ने समेत बताउनुभयो ।
‘पालिका पालिकासम्म समन्वय गरी कति संक्रमित छन्, होम आइसोलेशनमा कति बसेका छन् ?कति जँचाउन आएका छन् कति आएका छैनन् तिनको अवस्था के छ भन्ने सम्मको पूर्ण जानकारी देखि हामीसँग सिरिन्जसम्म कति छ भन्ने कुराको जानकारी लिएर कुनै कुराको पनि अभाव हुन नपाओस् भन्नेतर्फ ध्यान दिनुपर्छ‘ , उहाँले भन्नुभयो ।
उपकरण र संशाधनको तत्काल आपूर्तिका लागि केन्द्र र स्वास्थ्य मन्त्रालयको खरिद युनिटबीच समन्वय हुनेपर्ने पनि प्रधानमन्त्रीले बताउनुभयो ।
विगतमा अक्सिजनको आपूर्तिलाई सरकारले विमानबाट सिलिण्डर मगाएर समेत उच्च महत्व दिएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । अहिले विभिन्न मित्र राष्ट्रहरुबाट अक्सिजन सिलिण्डर मात्र नभई अक्सिजन प्लान्ट जहाजकै बाटोबाट ल्याउने, लिक्वीड अक्जिजन सिलिन्डर कै व्यवस्था गर्न पनि सरकार लागिपरेको उल्लेख गर्नुभयो ।
यसबाट अक्सिजनको आपूर्तिमा दोस्रो लहरको सुरुवाती अवस्था भन्दा अहिले उल्लेख्य सुधार आएकोसमेत प्रधानमन्त्रीले बताउनुभयो ।
यसका साथै प्रधानमन्त्रीले कतिपय स्वास्थ्य संस्थामा आवश्यक नभएको उपकरण र संशाधन रहेको, उपकरण भए पनि सञ्चालन गर्ने दक्ष जनशक्ति नभएको जस्ता समस्या तर्फ पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

ताजा खबर

जनश्रमदानबाट क्रिकेट अभ्यास पिच निर्माण, युवालाई खेलकुदमार्फत सकारात्मक बाटोमा जोड्ने अभियान

कञ्चनपुर, ६ भदौ  भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित जनश्रमदानमा क्रिकेट अभ्यास पिच...

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?