प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भन्ने समाचार निराधार: सर्वाेच्च अदालत

काठमाडौं, जेठ ११ गते । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भएको विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।

आज सर्वोच्चले विज्ञप्ति जारी गरी प्रधानमन्त्री र प्रधानन्यायाधी बीच भेट नभएको समेत स्पष्ट पारेको छ । साथै सञ्चार माध्यममा आएको समाचारमा कुनै सत्यता नरहेको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

न्ययापालिकाको स्वच्छता एवम् यसप्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने गरी अतिरञ्जित तथा दुराशययुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दुःखद र खेदजन्य विषय भएको हो विज्ञप्तिमा भनिएको छ ।

हिजो प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच प्रधानमन्त्री निवासमा भेट भएको समाचार आएसंगै सर्वोच्चले आज विज्ञप्ति जारी गरेर उक्त विषयमा स्पष्ट पारेको हो ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?