माओवादीले प्रचण्डको नेतृत्वमा सातै प्रदेशमा अक्सिजन प्लान्ट जोड्ने

काठमाडौँ– नेकपा माओवादी केन्द्रले कोरोना भाइरस संक्रमण विरुद्धको लडाइँका लागि पार्टी संगठन परिचालन गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा समिति गठन गरेको छ।

समितिले केन्द्रदेखि वडास्तरसम्मका पार्टी कमिटीलाई कोरोना विरुद्धको लडाइँमा परिचालन गर्ने निर्णय गरिएको छ । जेठ ५ र ६ गते बसेको माओवादी स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले अस्पताल वरिपरि सातै प्रदेशमा अक्सिजन प्लान्ट जडान गरेर आपूर्ति गर्ने तथा पीपीई उत्पादन गरेर वितरण गर्ने निर्णय भएको जनाएका छन् ।

बैठकबाट पारित प्रस्तावमा लेखिएको छ, ‘सरकारी र सामुदायिक अस्पतालहरूको वरिपरि सातै प्रदेशमा हाम्रो पार्टीले सातवटा अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन आपूर्ति सहज गर्न प्रयास गर्नेछ । यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग जुटाउन नेतृत्वतहबाट विशेष पहल गरिनेछ । यसका साथै पीपीई देशभित्रै उत्पादनको सम्भावनाहरूको खोजी गरिने छ।’

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९ कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?