नक्कली सेनिटाइजर उत्पादन गर्ने कारखानामा प्रहरीको छापा

काठमाडौं । नक्कली सेनिटाइजर उत्पादन गरी बिक्री वितरण गर्ने एक कारखानामा प्रहरीले छापा मारेको छ ।

अवैधानिक रुपमा चलाईरहेको र स्वास्थ्यको मापदण्ड विपरित उत्पादन गरिएको नक्कली सेनिटाइजर उत्पादन गरी विक्रि वितरण गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ इमाडोल, शितल हाईटमा रहेको कारखाना प्रहरीले छापा मारेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले कारखाना सञ्चालक आशिष प्याकुरेललाई नियन्त्रणमा लिएको छ । त्यस्तै कारखानाबाट तयारी अवस्थामा रहेको सेनिटाइजर, सेनिटाइजर उत्पादनका लागि आवश्यक पर्ने कच्चा पद्धार्थ लगायतको सामाग्रीहरु पनि नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका बरिष्ठ प्रहरी उपरिक्षक चन्द्र कुवेर खापुङले जानकारी दिए ।

स्वास्थ्यका लागि प्रतिकुल र निम्न गुणस्तरको सेनिटाइजर उत्पादन तथा विक्रि, वितरण भईरहेको सुचनाको आधारमा छापा मारिएको उनले बताए ।

एसएसपी खापुङले उत्पादित सेनिटाइजर ल्याव टेष्ट गर्दा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक र विशाक्त पाईएको पनि बताए । दोषिउपर कानुनी कारबाही अगाडी बढाइने उनले बताए ।

सो कारखाना लगायत मुख्यमुख्य डिलर र सप्लायरलाई पनि नियन्त्रणमा लिइएको छ । प्रहरीले कारखानामा ३० हजार लिटर सेनिटाइजर हुनसक्ने बताएको छ ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?