ला लीगा छिनोफानो आजः एट्लेटिकोलाई सहज प्रतिद्वन्द्वी!

काठमाडौंः स्पेनिस ला लिगाको अन्तिम चरणका खेलहरू आज हुँदै छन्।

जहाँ स्पेनिस लिगको च्याम्पियनको टुंगो लाग्ने छ। यो पटक उपाधि होडमा मड्रिड डर्बी रहेका छन्। प्रतियोगिताको अन्तिम खेलमा जित निकाले एट्लेटिको मड्रिड च्याम्पियन बन्ने छ। रियलका लागि भने एट्लेटिको पराजित हुनुपर्ने अवस्था छ। रियलले आफ्नो खेलमा जित निकाल्नु अनिवार्य पनि छ। खेल नेपाली समय अनुसार राति पौने १० बजे हुँदै छन्।

च्याम्पियन बन्ने होड

स्पेनिस लालिगामा शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्ने छ। एट्लेटिकोको जारी सिजन ३७ खेलबाट ८३ अंक छ। जहाँ रियलको भने समान खेलबाट ८१ अंक छ। आज दुबै टिमले जित हात पारे एट्लेटिकोले लिग उचाल्छ।

रियल डिफेन्डिङ च्याम्पियन पनि हो। अर्को प्रत्यासी बार्सिलोना भने अन्तिम खेल अगावै प्रतियोगिताबाट बाहिरिइसकेको छ। त्यसो त जनवरीसम्म १३ अंकको अग्रता बनाएको एट्लेटिको त्यसपछि खराब प्रदर्शनका कारण उपाधिका लागि अन्तिम खेल सम्म कुर्नुपर्ने अवस्थामा पुगेको छ।

भालाडोलिडलाई दबाब

एट्लेटिकोले अन्तिम खेल रियल भालाडोलिडविरुद्ध खेल्दै छ। अंक तालिकाको १९ औं नम्बरमा रहेको भालडोलिडविरुद्ध बलियो आत्माविश्वासका साथ एट्लेटिको मैदान उत्रँदै छ।

भालाडोलिडका लागि पनि एट्लेटिकोविरुद्धको खेल उत्तिकै महत्वपूर्ण छ। किनकि भलाडोलिड ३१ अंकका साथ रेलिगेसन जोनमा छ।

जहाँ रियल भने भिल्लारियलसँग प्रतिस्पर्धा गर्दै छ। भिल्लारियलभने युरोपा लिगमा स्थान बनाइसकेको टिम भएकाले सहज भने हुने छैन। भिल्लाको ३७ खेलबाट ५८ अंक छ।

त्यसो त रियलको टिममा चोटका कारण इडेन हजार्ड रहने छैनन्। सर्जियो रामोस भने टिममा उपलब्ध हुनेछन्। उनी मार्चपछि टिममा हुनेछन्।

ताजा खबर

एमाले उपमहासचिव लेखराज भट्टका भाई गोर्कण रास्वपातिर, भन्छन सुप प्रदेशमा १नम्बर पाटी बनाउँछु 

  कञ्चनपुर, पुष  १० नेकपा एमालेका उपमहासचिव एव सुदूरपश्चिम प्रदेश इन्चार्ज...

स्वर्गीय आमाको वार्षिक पुण्यतिथिमा जेष्ठ नागरिकलाई भोजन

कञ्चनपुर  - ९, पौष कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८...

बालविवाह अन्त्यका लागि सरोकारवालासंग छलफल 

धन सिह धामी कञ्चनपुर पुष ८  कञ्चनपुरमा बढ्दै गएको बालविवाह रोक्नका...

मात्तिएका वनका हाकिमद्वय भट्ट र कँडेल सामु सुप प्रदेश सरकार निरही ! 

कञ्चनपुर, पुष ८ सुदूरपश्चिम प्रदेश सरकारलाई नटेर्ने वनका दुई शक्तिशाली...

नेकपा कञ्चनपुरको एकता सन्देश सभा ः देशभर तारा चम्काउने घोषणा 

सञ्जु महर कञ्चनपुर ०८ पाैष नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला पाटी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?