कञ्चनपुरमा आमहड्तालः मेयरदेखि –सांसदसम्म सडकमा

महेन्द्रनगर २२ माघ ।

पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल नेतृत्वको नेकपाले घोषणा गरेको आमहड्तालले जनजीवन प्रभावित भएको छ । बन्दको कार्यक्रममा मेयरदेखी विघटित प्रतिनिधि सभा सदस्य समेत पदर्शनमा उत्रेका छन् । कञ्चनपुरमा प्रचण्ड–नेपाल समूहका जनप्रतिनिधि आमहड्ताल सफल पार्न महेन्द्रनगगरको चम्मन चोकमा सडकमै बसेका छन् ।

विघटित प्रतिनिधि सभाका सदस्य डा. दीपक प्रकाश भट्ट, प्रदेश सभा सदस्य तारालामा तामाङ, पुर्व राज्यमन्त्री एंव प्रदेश सभा सदस्य प्रकाश रावल, वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्द लगायतका जनप्रतिनिधि सडकमा उत्रिएका हु्न ।

संवैधानिक निकायमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड–नेपाल समूहले बिहिवार देशभर आमहड्तालको घोषणा गरेको थियो ।

आमहड्तालले यातायात, उद्योग, कलकारखाना, विद्यालय, बजार नराम्रोसंग प्रभावित भएको हो ।

बन्दको जानकरी बेगर बिहानै विद्यालय, कलेज पुगेका विद्यार्थीहरु घर फर्किएका छन् ।

लामो तथा छोटो दुरीका यातायातका साधन चल्न सकेका छैनन् भने बजार पनि पूर्ण रुपमा बन्द भएको छ ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?