‘भारतियको गोली लागेर घाइते भएका सुनार काठ तस्करी गर्न गएका थिए’

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका–१ का १८ वर्षीय नरेश सुनार सोमबार साँझ नजिकैको भारतीय बजार गडीगोठबाट सामान किनेर घर फर्किंदै थिए ।

साथी बब्लु भनिने इन्द्र चन्द संगै तरकारी लिएर घर फकिैदै गरेका सुनारमाथी नेपाल–भारत सीमा क्षेत्रमा अचानक गोली प्रहार भयो ।

‘म मेरो साथी बब्लु को पछाडी पछाडी हिँड्दै थिए,’ गोली लागेर घाइते भएका सुनारले भने, ‘एक्कासी गोली पड्केको आवाज आयो र मैले एताउता हेरे गोलीको छर्रा मेरो खुट्टामा लागेको रहेछ ।’ उनले अगाडी थपे ‘ मैले फर्केर हेरे त्यहाँ १०÷१२ जना भारतिय हतियार सहित म तर्फ आउदैँ थिए । त्यसपछि म जसोतसो ज्यान जोगाएर त्यहाबाट भागेर मेरो अंकल कहाँ पुगे ।’

यद्यपी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सुनार र उनका साथीहरु त्यहाँ तरकारी किन्न नभई काठ तस्करी गर्न गएका जनाएको छ ।

भारतिय जंगलमा सुनार र उनका साथी ३५ वर्षिय बब्लु चन्द र ३० वर्षिय दिपक धामी काठ काट्ने आरा सहति त्यहाँ काठ तस्करी गर्न गएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता एवम् प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताए ।

‘सीमामा गोली चलेको खबर पाएपछि हामीले अनुसन्धानका लागि प्रहरी टोली त्यहाँ पठाएका थियौ ।’डिएसपी थापाले भने ‘अनुसन्धानका अनुसार त्यहाँ सगुनको रुख काटेको र आरा समेत फेला परेको छ ।’

उनकाअनुसार सुनारले झुट बोलेपनि उनका साथी बब्लु र धामीले आफुहरु काठ तस्करी गर्न गएको स्वृकारी सकेका छन् । यद्यपी गोली भने भारतिय एसएसबी ले चलायो की बन रक्षकले भन्नेबारे भने थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।

कञ्चनपुरका जनप्रतिनिधि, राजनीतिक दल, नागरिक अगुवा तथा स्थानीयले भने सामाजिक सञ्जालमा नेपाली नागरिकलाई गोली हान्ने भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरिरहेका छन् ।

कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्टले घटनाको सत्यतथ्य पत्ता लगाउन तथा दोषीलाई कारबाही माग गरेका छन् ।

यस्तै भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र वेदकोट नगरपालिकाका मेयर अशोक चन्दले पनि घटनाको विरोध गरेका छन् ।

घाइते सुनारको हाल महाकाली अस्पतालमा उपचार भइरहेको छ ।

 

 

 

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८ कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?