‘भारतियको गोली लागेर घाइते भएका सुनार काठ तस्करी गर्न गएका थिए’

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिका–१ का १८ वर्षीय नरेश सुनार सोमबार साँझ नजिकैको भारतीय बजार गडीगोठबाट सामान किनेर घर फर्किंदै थिए ।

साथी बब्लु भनिने इन्द्र चन्द संगै तरकारी लिएर घर फकिैदै गरेका सुनारमाथी नेपाल–भारत सीमा क्षेत्रमा अचानक गोली प्रहार भयो ।

‘म मेरो साथी बब्लु को पछाडी पछाडी हिँड्दै थिए,’ गोली लागेर घाइते भएका सुनारले भने, ‘एक्कासी गोली पड्केको आवाज आयो र मैले एताउता हेरे गोलीको छर्रा मेरो खुट्टामा लागेको रहेछ ।’ उनले अगाडी थपे ‘ मैले फर्केर हेरे त्यहाँ १०÷१२ जना भारतिय हतियार सहित म तर्फ आउदैँ थिए । त्यसपछि म जसोतसो ज्यान जोगाएर त्यहाबाट भागेर मेरो अंकल कहाँ पुगे ।’

यद्यपी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सुनार र उनका साथीहरु त्यहाँ तरकारी किन्न नभई काठ तस्करी गर्न गएका जनाएको छ ।

भारतिय जंगलमा सुनार र उनका साथी ३५ वर्षिय बब्लु चन्द र ३० वर्षिय दिपक धामी काठ काट्ने आरा सहति त्यहाँ काठ तस्करी गर्न गएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता एवम् प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताए ।

‘सीमामा गोली चलेको खबर पाएपछि हामीले अनुसन्धानका लागि प्रहरी टोली त्यहाँ पठाएका थियौ ।’डिएसपी थापाले भने ‘अनुसन्धानका अनुसार त्यहाँ सगुनको रुख काटेको र आरा समेत फेला परेको छ ।’

उनकाअनुसार सुनारले झुट बोलेपनि उनका साथी बब्लु र धामीले आफुहरु काठ तस्करी गर्न गएको स्वृकारी सकेका छन् । यद्यपी गोली भने भारतिय एसएसबी ले चलायो की बन रक्षकले भन्नेबारे भने थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।

कञ्चनपुरका जनप्रतिनिधि, राजनीतिक दल, नागरिक अगुवा तथा स्थानीयले भने सामाजिक सञ्जालमा नेपाली नागरिकलाई गोली हान्ने भारतीय सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरिरहेका छन् ।

कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. दीपकप्रकाश भट्टले घटनाको सत्यतथ्य पत्ता लगाउन तथा दोषीलाई कारबाही माग गरेका छन् ।

यस्तै भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र वेदकोट नगरपालिकाका मेयर अशोक चन्दले पनि घटनाको विरोध गरेका छन् ।

घाइते सुनारको हाल महाकाली अस्पतालमा उपचार भइरहेको छ ।

 

 

 

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?