एकलौटी रुपमा सीमा नापेको भन्दै भारतिय एसएसबीलाई स्थानियले लखेटे

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० का स्थानियले भारतिय सुरक्षाकर्मी लाई लखेटेका छन् ।

आइतवार भारतिय सुरक्षाकर्मीहरुले बेलौरी स्थित पिल्लर नम्बर ३३ देखी ३५ नम्बर पिल्लर सम्म एकलौटी रुपमा सीमा नापेकोभन्दै स्थानियहरुले उनिहरुलाई लखेटेका हुन् ।

‘नेपाली पक्षलाई जानकारी नदिई भारतिय सुरक्षाकर्मीले एकलौटी रुपमा सीमा नापेपछि स्थानियले उनिहरुलाई लखेटेका हुन् ।’वडाध्यक्ष हरीलाल चौधरीले भने ‘ पिल्लर नम्बर ३३ देखी ३५ नम्बर विवादित क्षेत्र हो ।’

उता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सीमा स्तम्भको निरीक्षण गर्दा नेपाली पक्षसंग समन्वय गर्नु पर्ने तर भारतीय पक्षले समन्वय नगरेको बताए । ‘त्यो नियमित गस्ती हो । पहिले नै भएका सीमा स्तम्भहरुको हेरफेर भएको छरछैन् भनी निरीक्षण गरेका हुन् ।’ प्रमुख जिल्ला अधिकारी महतोले भने, ‘निरीक्षण हामीले पनि गर्ने गरेका छौँ । तर समन्वय गरेर गर्नु प(थ्यो । त्यताबाट क्रुटि भएको छ । उहाँहरुले माफी माग्नु भएको छ ।’

ताजा खबर

दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधी एनप्याव्सन लाई

कञ्चनपुर-दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पुर्व सन्ध्यामा...

कोब्राले लियो ज्यान, सामाजिक सञ्जालले दियो प्रेरणा

काठमाडौं । भारतको तेलंगानामा एक युवकले कोब्रा सर्पलाई मुखभित्र...

बिर्षती पर्व धुमधामका साथ सम्पन्न

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ८ तिलाचौरमा हुने बिर्षती...

सुदूरपश्चिमका लैंगिक मैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल

कञ्चनपुर - सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले...

नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहन्छ : मन्त्री लेखक

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?