एकलौटी रुपमा सीमा नापेको भन्दै भारतिय एसएसबीलाई स्थानियले लखेटे

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० का स्थानियले भारतिय सुरक्षाकर्मी लाई लखेटेका छन् ।

आइतवार भारतिय सुरक्षाकर्मीहरुले बेलौरी स्थित पिल्लर नम्बर ३३ देखी ३५ नम्बर पिल्लर सम्म एकलौटी रुपमा सीमा नापेकोभन्दै स्थानियहरुले उनिहरुलाई लखेटेका हुन् ।

‘नेपाली पक्षलाई जानकारी नदिई भारतिय सुरक्षाकर्मीले एकलौटी रुपमा सीमा नापेपछि स्थानियले उनिहरुलाई लखेटेका हुन् ।’वडाध्यक्ष हरीलाल चौधरीले भने ‘ पिल्लर नम्बर ३३ देखी ३५ नम्बर विवादित क्षेत्र हो ।’

उता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सीमा स्तम्भको निरीक्षण गर्दा नेपाली पक्षसंग समन्वय गर्नु पर्ने तर भारतीय पक्षले समन्वय नगरेको बताए । ‘त्यो नियमित गस्ती हो । पहिले नै भएका सीमा स्तम्भहरुको हेरफेर भएको छरछैन् भनी निरीक्षण गरेका हुन् ।’ प्रमुख जिल्ला अधिकारी महतोले भने, ‘निरीक्षण हामीले पनि गर्ने गरेका छौँ । तर समन्वय गरेर गर्नु प(थ्यो । त्यताबाट क्रुटि भएको छ । उहाँहरुले माफी माग्नु भएको छ ।’

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?