सुदूरपश्चिमेली नेपाली समाजद्धारा कञ्चनपुरका विपन्न परिपवारलाई खाध्यान्न सामाग्री वितरण

दिनेश खड्का’खप्तडी’
कैलाली । कञ्चनपुरका बिपन्न परिवारलाई सुदूरपश्चिमेली नेपाली समाजले खाद्यान्न सामग्री वितरण गरेको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर १ का ३० र २ का ३१ गरि जम्मा ६१ अति विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको सुदूरपश्चिमेली नेपाली समाजका केन्द्रिय महासचिव दिलेन्द्रप्रसाद जोशीले बताए ।

कृष्णपुर नगरपालिका वडा नं.१ का अध्यक्ष श्री मोहन बस्नेत वडा नं. २ का अध्यक्ष श्री जय नारायण जोशी र स्थानीयवासीहरूको उपस्थितिमा राहत सामग्रीहरु पीडित परिवारलाई वितरण गरेको सुदूरपश्चिमेली नेपाली समाजका केन्द्रिय अध्यक्ष धनबहादुर बलायरले बताए ।

कोरोना महामारी तथा नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गरी विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको अध्यक्ष बलायरले बताए ।

उक्त राहत वितरण कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेतन थापा, समन्वय समिति सदस्य धुर्व बहादुर मल्ल, पूर्व दक्षिण एशिया संयोजक ज्ञानेन्द्र सिंह, सुदूरपश्चिमेली नेपाली समाज भारत अध्यक्ष दिपक प्रकाश मल्ल लगायतको सहभागिता रहेको थियो ।

सुदूरपश्चिमेली आपतकालीन राहतकोष विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली, नेपाली हरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य, शिक्षा, खेलकुद लगायत विभिन्न परोपकारी कार्यको लागी ,सुदूरपश्चिमेली नेपाली समाजहरुको पहलमा स्थापना गरिएको हो ।

सुदूरपश्चिमेली नेपाली समाजले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

ताजा खबर

दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधी एनप्याव्सन लाई

कञ्चनपुर-दोस्रो वासुदेव स्मृति विद्यालय स्तरीय फुटसल प्रतियोगिताको पुर्व सन्ध्यामा...

कोब्राले लियो ज्यान, सामाजिक सञ्जालले दियो प्रेरणा

काठमाडौं । भारतको तेलंगानामा एक युवकले कोब्रा सर्पलाई मुखभित्र...

बिर्षती पर्व धुमधामका साथ सम्पन्न

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ८ तिलाचौरमा हुने बिर्षती...

सुदूरपश्चिमका लैंगिक मैत्री प्रथाहरुको प्रचार आवश्यक : पूर्व मुख्यमन्त्री रावल

कञ्चनपुर - सुदुरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले...

नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सहमति २०८४ को निर्वाचन सम्म कायम रहन्छ : मन्त्री लेखक

कञ्चनपुर- गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमाले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?