सुदूरपश्चिमेली नेपाली समाजद्धारा कञ्चनपुरका विपन्न परिपवारलाई खाध्यान्न सामाग्री वितरण

दिनेश खड्का’खप्तडी’
कैलाली । कञ्चनपुरका बिपन्न परिवारलाई सुदूरपश्चिमेली नेपाली समाजले खाद्यान्न सामग्री वितरण गरेको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर १ का ३० र २ का ३१ गरि जम्मा ६१ अति विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको सुदूरपश्चिमेली नेपाली समाजका केन्द्रिय महासचिव दिलेन्द्रप्रसाद जोशीले बताए ।

कृष्णपुर नगरपालिका वडा नं.१ का अध्यक्ष श्री मोहन बस्नेत वडा नं. २ का अध्यक्ष श्री जय नारायण जोशी र स्थानीयवासीहरूको उपस्थितिमा राहत सामग्रीहरु पीडित परिवारलाई वितरण गरेको सुदूरपश्चिमेली नेपाली समाजका केन्द्रिय अध्यक्ष धनबहादुर बलायरले बताए ।

कोरोना महामारी तथा नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गरी विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको अध्यक्ष बलायरले बताए ।

उक्त राहत वितरण कार्यक्रममा सुदूरपश्चिमेली नेपाली समाजका नेपाल संयोजक चेतन थापा, समन्वय समिति सदस्य धुर्व बहादुर मल्ल, पूर्व दक्षिण एशिया संयोजक ज्ञानेन्द्र सिंह, सुदूरपश्चिमेली नेपाली समाज भारत अध्यक्ष दिपक प्रकाश मल्ल लगायतको सहभागिता रहेको थियो ।

सुदूरपश्चिमेली आपतकालीन राहतकोष विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली, नेपाली हरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य, शिक्षा, खेलकुद लगायत विभिन्न परोपकारी कार्यको लागी ,सुदूरपश्चिमेली नेपाली समाजहरुको पहलमा स्थापना गरिएको हो ।

सुदूरपश्चिमेली नेपाली समाजले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?