कञ्चनपुरका लायन्सद्धारा आँखा दान कार्यक्रम सञ्चालन,एकै दिन ५ जनाले गरे सम्झौता

महेन्द्रनगर । कञ्चपुरका लायन्स क्लवहरुले आँखा दान कार्यक्रम सञ्चालन गरेका छन् । अन्तराष्ट्रिय लायनस जिल्ला परिसद् ३२५ बि २ नेपाल, नेपाल नेत्र ज्योती संघ, महेन्द्रनगर आँखा अस्पताल र गेटा आँखा अस्पतालको सहयोगमा विहिबार एक कार्यक्रमका विच जिल्लाका लायन्स क्लबहरुले आँखा दान कार्यक्रम सञ्चालन शुरु गरेका हुन् ।

कार्यक्रमको पहिलो दिनमा नै लायन्स जिल्ला परिषद् ३२५ बि २ नेपालका डिस्टिक एड्भाइजर लायन्स डा. भोजराज पन्त, प्रकाश बहादुर सिंह, गोदावरी सिंह लगायत ५ जनाले मरणोपरान्त आँखा दान गर्ने सम्झौता गरेका छन् ।

आफ्नो मृत शरीरको आँखा मात्र कसैको लागि उपयोगी हुन सक्ने भएको र आँखा दान जस्तो सार्थक दान अरु केही नहुने भएकोले मरणोपरान्त आँखा दान गर्ने सम्झौता गरेको गोदावरी सिंहले बताइन् ।

‘मृत्यु भइसकेपछि मेरो आँखाले अरु जिवित दृष्टिविहिन मानिस हेर्न सक्छ भने यो भन्दा ठुलो धर्म के होला ?’ गोदावरीले भनिन् ‘त्यसैले यो समाजिक कार्य मा सबैले सहयोग गर्न आग्रह गर्दछु ।’

लायन्स डा. भोजराज पन्तका अनुसार मानिसको मृत्यु भएको ८ घण्टाभित्र विशेषज्ञद्वारा आँखाको परीक्षण गरि आँखाको पुरै डल्लो नभई झिल्ली (नानी दाना) झिकिन्छ । यसरी झिकिएको झिल्ली विशेष प्रयोगशालामा राखिन्छ र आवश्यक व्यक्तिलाई प्रत्यारोपण गर्न सकिन्छ ।

आँखाका क्षेत्रमा ठूलो सहयोग गर्दै आएको लायन्स क्लबले आँखा दान कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि यो अभियान सञ्चालन गरेको पन्तले बताए ।

‘ हाम्रो मृत्यु पछि हामीले दान गरेका आँखाले कोही दृष्टिविहिनले संसार देख्न पाउँछ भन्ने उद्देश्यले हिजो बाट यो अभियान चलाएका छौ ।’ पन्तले भने ‘ जो कसैले पनि यो सामाजिक कार्यमा सहभागि हुन सक्ने छन् ।’

पन्तका अनुरसार तत्काल जिल्लाको भीमदत्त नगरपालिका महेन्द्रनगर बजारको गल्लि नम्बर ४ स्थित सुपर मोबाइल पसल नजिकै हामीले सम्पर्क कार्यालय स्थापना गरेका छौ । उनले भने ‘त्यहाँ गएर आँखा दान सम्झौता गर्न सकिने छ ।’

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?