कञ्चनपुरका लायन्सद्धारा आँखा दान कार्यक्रम सञ्चालन,एकै दिन ५ जनाले गरे सम्झौता

महेन्द्रनगर । कञ्चपुरका लायन्स क्लवहरुले आँखा दान कार्यक्रम सञ्चालन गरेका छन् । अन्तराष्ट्रिय लायनस जिल्ला परिसद् ३२५ बि २ नेपाल, नेपाल नेत्र ज्योती संघ, महेन्द्रनगर आँखा अस्पताल र गेटा आँखा अस्पतालको सहयोगमा विहिबार एक कार्यक्रमका विच जिल्लाका लायन्स क्लबहरुले आँखा दान कार्यक्रम सञ्चालन शुरु गरेका हुन् ।

कार्यक्रमको पहिलो दिनमा नै लायन्स जिल्ला परिषद् ३२५ बि २ नेपालका डिस्टिक एड्भाइजर लायन्स डा. भोजराज पन्त, प्रकाश बहादुर सिंह, गोदावरी सिंह लगायत ५ जनाले मरणोपरान्त आँखा दान गर्ने सम्झौता गरेका छन् ।

आफ्नो मृत शरीरको आँखा मात्र कसैको लागि उपयोगी हुन सक्ने भएको र आँखा दान जस्तो सार्थक दान अरु केही नहुने भएकोले मरणोपरान्त आँखा दान गर्ने सम्झौता गरेको गोदावरी सिंहले बताइन् ।

‘मृत्यु भइसकेपछि मेरो आँखाले अरु जिवित दृष्टिविहिन मानिस हेर्न सक्छ भने यो भन्दा ठुलो धर्म के होला ?’ गोदावरीले भनिन् ‘त्यसैले यो समाजिक कार्य मा सबैले सहयोग गर्न आग्रह गर्दछु ।’

लायन्स डा. भोजराज पन्तका अनुसार मानिसको मृत्यु भएको ८ घण्टाभित्र विशेषज्ञद्वारा आँखाको परीक्षण गरि आँखाको पुरै डल्लो नभई झिल्ली (नानी दाना) झिकिन्छ । यसरी झिकिएको झिल्ली विशेष प्रयोगशालामा राखिन्छ र आवश्यक व्यक्तिलाई प्रत्यारोपण गर्न सकिन्छ ।

आँखाका क्षेत्रमा ठूलो सहयोग गर्दै आएको लायन्स क्लबले आँखा दान कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि यो अभियान सञ्चालन गरेको पन्तले बताए ।

‘ हाम्रो मृत्यु पछि हामीले दान गरेका आँखाले कोही दृष्टिविहिनले संसार देख्न पाउँछ भन्ने उद्देश्यले हिजो बाट यो अभियान चलाएका छौ ।’ पन्तले भने ‘ जो कसैले पनि यो सामाजिक कार्यमा सहभागि हुन सक्ने छन् ।’

पन्तका अनुरसार तत्काल जिल्लाको भीमदत्त नगरपालिका महेन्द्रनगर बजारको गल्लि नम्बर ४ स्थित सुपर मोबाइल पसल नजिकै हामीले सम्पर्क कार्यालय स्थापना गरेका छौ । उनले भने ‘त्यहाँ गएर आँखा दान सम्झौता गर्न सकिने छ ।’

ताजा खबर

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

झलारी। शुक्लाफाँटा नगरपालिकामा एकिकृत फोहर व्यवस्थापन केन्द्र निर्माणको काम...

शुक्लाफाँटामा व्यवसाय सचेतना तालिम सुरु

झलारी। शुक्लाफाँटा नगरपालिकाको आयोजनामा ८ दिने उद्यमशिलता विकास तथा...

शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा अतिरिक्त कक्षा संचालनमा

झलारी। शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा संचालित अतिरिक्त कक्षाको अनुगमन...

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

झलारी। शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयले ४० परिवारको निःशुल्क स्वास्थ्य...

मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्छौः नगर प्रमुख महरा

झलारी। शुक्लाफाँटा नगरपालिका–८ स्थित मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?