दोधारा–चाँदनी झोलुङगे पुलमा ‘टिकटक’ बनाइदिने भन्दै ‘भतिजी’लाई भारततिर लगेपछि……

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीकी १५ वर्षिया रविना भट्ट (नाम परिवर्तन) असोज १३ गते विहानै मर्निङ वाक जान्छु भन्दै घरबाट निस्किइन् ।

विहानै घरबाट निस्केकी रविना १०÷११ बजे सम्म पनि घर नफर्किएपछि उनका परिवार आत्तिए । रविनाका परिवारले छोरी घर नफर्किएपछि आफ्ना आफन्त साथीभाई सबैलाई छोरी त्यहाँ आएकी छ की ? भनेर सोधपुछ गर्न थाल्ये ।

आफन्त साथीभाइबाट यहाँ आएकी छैन, भन्ने जवाफ पाएपछि रविनाका परिवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगे । जिप्रकामा हराएकी छोरी खोजीदिन भन्दै उनका परिवारले निवेदन दिएपछि प्रहरी टोली रविनाको खोजी कार्यमा जुट्यो ।

र प्रहरीले निवेदन आएको केहि घण्टामै रविनालाई जिल्लाको माहाकाली नगरपालिका स्थित नेपाल भारत सीमा नजिकैबाट उद्दार गर्यो ।

रविनालाई उनको फुपु नाता पर्ने कृष्णपुर नगरपालिका–२ वाणीकी ममता गिरीले ललाईफकाई भारततर्फ लैजादै गरेको अवस्थामा सीमानाका नजिकै बाट उद्दार गरिएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार झोलुङगे पुलमा राम्रो टिकटक बनाइदिन्छु र त्यहाँ फोटो पनि राम्रो आउँछ भन्दै रविनालाई फुपु नाता पर्ने ममताले झोलुङगे पुल सम्म लगेर गईन् ।

झोलुङगे पुल पुगेपछि ममताले पुलपारी झन राम्रो फोटो आउँछ,पारी गएर फोटो खिचेर आउँ भन्दै रविनालाई भीमदत्त नगरपालिका–१३ का राजेन्द्र गिरी संग बाईकमा पठाइन् ।

त्यसपछि राजेन्द्रले फकाएर रविनालाई भारततर्फ लैजादैँ गरेको अवस्थामा नेपाल–भारत सीमानाका नजिकैको बाबाथान बजारबाट माइती नेपाल संगको सहकार्यमा प्रहरीले उद्दार गर्यो ।

त्यस्तै प्रहरीले थप अनुसन्धान गर्दै जाँदा रविनालाई भारत लैजानका लागि भन्दै भीमदत्त नगरपालिका–७ का राजेन्द्र भट्टले भारु पैसाको ब्यवस्था गरिदिएको खुल्न आएको बताइएको छ ।

हाल  राजेन्द्र गिरी,राजेन्द्र भट्ट र ममता गिरीलाई मानव बेचविखनको आरोपमा प्रकाउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताए ।फाइल फोटो 

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?