दोधारा–चाँदनी झोलुङगे पुलमा ‘टिकटक’ बनाइदिने भन्दै ‘भतिजी’लाई भारततिर लगेपछि……

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीकी १५ वर्षिया रविना भट्ट (नाम परिवर्तन) असोज १३ गते विहानै मर्निङ वाक जान्छु भन्दै घरबाट निस्किइन् ।

विहानै घरबाट निस्केकी रविना १०÷११ बजे सम्म पनि घर नफर्किएपछि उनका परिवार आत्तिए । रविनाका परिवारले छोरी घर नफर्किएपछि आफ्ना आफन्त साथीभाई सबैलाई छोरी त्यहाँ आएकी छ की ? भनेर सोधपुछ गर्न थाल्ये ।

आफन्त साथीभाइबाट यहाँ आएकी छैन, भन्ने जवाफ पाएपछि रविनाका परिवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगे । जिप्रकामा हराएकी छोरी खोजीदिन भन्दै उनका परिवारले निवेदन दिएपछि प्रहरी टोली रविनाको खोजी कार्यमा जुट्यो ।

र प्रहरीले निवेदन आएको केहि घण्टामै रविनालाई जिल्लाको माहाकाली नगरपालिका स्थित नेपाल भारत सीमा नजिकैबाट उद्दार गर्यो ।

रविनालाई उनको फुपु नाता पर्ने कृष्णपुर नगरपालिका–२ वाणीकी ममता गिरीले ललाईफकाई भारततर्फ लैजादै गरेको अवस्थामा सीमानाका नजिकै बाट उद्दार गरिएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार झोलुङगे पुलमा राम्रो टिकटक बनाइदिन्छु र त्यहाँ फोटो पनि राम्रो आउँछ भन्दै रविनालाई फुपु नाता पर्ने ममताले झोलुङगे पुल सम्म लगेर गईन् ।

झोलुङगे पुल पुगेपछि ममताले पुलपारी झन राम्रो फोटो आउँछ,पारी गएर फोटो खिचेर आउँ भन्दै रविनालाई भीमदत्त नगरपालिका–१३ का राजेन्द्र गिरी संग बाईकमा पठाइन् ।

त्यसपछि राजेन्द्रले फकाएर रविनालाई भारततर्फ लैजादैँ गरेको अवस्थामा नेपाल–भारत सीमानाका नजिकैको बाबाथान बजारबाट माइती नेपाल संगको सहकार्यमा प्रहरीले उद्दार गर्यो ।

त्यस्तै प्रहरीले थप अनुसन्धान गर्दै जाँदा रविनालाई भारत लैजानका लागि भन्दै भीमदत्त नगरपालिका–७ का राजेन्द्र भट्टले भारु पैसाको ब्यवस्था गरिदिएको खुल्न आएको बताइएको छ ।

हाल  राजेन्द्र गिरी,राजेन्द्र भट्ट र ममता गिरीलाई मानव बेचविखनको आरोपमा प्रकाउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताए ।फाइल फोटो 

ताजा खबर

लटिनाथ मावि दार्चुलाका विद्यार्थी माल कञ्चनपुरमा छाडा बिरामी पशुको उपचार गर्दैै

कञ्चनपुर, साउन १४ दूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलाका एक विद्यार्थी...

नेपाल आमाको मूर्ति बनाउन दानेश्वर हरी बहुमुखी क्याम्पसद्वारा आर्थिक सहयोग

कञ्चनपुर, १३ साउन । कञ्चनपुरकोे एक क्याम्पसले जिल्लाको उत्तरी भेग...

सुपवि स्ववियु स्थगित प्रकरण ः क्रान्तिकारीविच कुटाकुट ः पाटीले ग¥यो, क्रान्तिकारी नेता विष्टलाई कार्बाही

कञ्चनपुर, १२ साउन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस निर्वाचनको विषयलाई लिएर...

काँग्रेस नेता साउदले मागे, निर्मला हत्यारामाथि कार्बाही

कञ्चनपुर, साउन ११ नेपाली काँग्रेस नेता एनपी साउदले निर्मलाका हत्यारामाथि...

माओवादी निकट महिला संगठनको प्रशन, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा सार्वजनिक कहिले हुन्छन ?

माओवादी निकट महिला संगठनको प्रश्न, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?