निड्स नेपालद्वारा कञ्चनपुरका क्वारेन्टिन तथा आइसोलेसनहरुको अनुगमन

दिनेश सिंह महरा
महेन्द्रनगर । शनिबार निड्स नेपाल कञ्चनपुरले जिल्लाका विभिन्न क्वारेन्टिन तथा आइसोलेसनहरुको अनुगमन गरेको छ ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी सहितको टोलिले कञ्चनपुरका क्वारेन्टिन र आइसोलेसनहरुमा अनुगमन गरेको हो ।

कोभिड–१९ को विषम परिस्थिीतिमा निड्सले गरेको सहयोगमुलक कार्यक्रमको प्रभावकारीबारे बुझन अनुगमन गरेको कार्यकारी निर्देशक रेग्मीले बताए ।

उनका अनुसार कोभिड–१९ को महामारीको समयमा विभिन्न स्थानीय तह तथा स्वास्थ्य संस्थाहरुमा निड्स नेपालले स्वास्थ्य सामग्री र पानी टयाङ्की वितरण एवम् भौतिक संरचना समेत मर्मत संभार र निर्माण गरेको छ ।

साथै अनुगमनका क्रममा निड्सले गरेका सहयोग मुलक कार्यक्रममा प्रभावकारी रहेको पाईएको कार्यकारी निर्देशक रेग्मीले जानकारी दिए ।

त्यस्तै अगामी दिनमा सहयोगका कार्यक्रम गर्ने योजना रहेको उनले बताए ।

अनुगमन टोलीमा गैर सरकारी संस्था महासघं सुदूरपश्चिम अध्यक्ष देवि खनाल, नागरिक समाज मञ्चका संयोजक भगत सिह विक, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?