निड्स नेपालद्वारा कञ्चनपुरका क्वारेन्टिन तथा आइसोलेसनहरुको अनुगमन

दिनेश सिंह महरा
महेन्द्रनगर । शनिबार निड्स नेपाल कञ्चनपुरले जिल्लाका विभिन्न क्वारेन्टिन तथा आइसोलेसनहरुको अनुगमन गरेको छ ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी सहितको टोलिले कञ्चनपुरका क्वारेन्टिन र आइसोलेसनहरुमा अनुगमन गरेको हो ।

कोभिड–१९ को विषम परिस्थिीतिमा निड्सले गरेको सहयोगमुलक कार्यक्रमको प्रभावकारीबारे बुझन अनुगमन गरेको कार्यकारी निर्देशक रेग्मीले बताए ।

उनका अनुसार कोभिड–१९ को महामारीको समयमा विभिन्न स्थानीय तह तथा स्वास्थ्य संस्थाहरुमा निड्स नेपालले स्वास्थ्य सामग्री र पानी टयाङ्की वितरण एवम् भौतिक संरचना समेत मर्मत संभार र निर्माण गरेको छ ।

साथै अनुगमनका क्रममा निड्सले गरेका सहयोग मुलक कार्यक्रममा प्रभावकारी रहेको पाईएको कार्यकारी निर्देशक रेग्मीले जानकारी दिए ।

त्यस्तै अगामी दिनमा सहयोगका कार्यक्रम गर्ने योजना रहेको उनले बताए ।

अनुगमन टोलीमा गैर सरकारी संस्था महासघं सुदूरपश्चिम अध्यक्ष देवि खनाल, नागरिक समाज मञ्चका संयोजक भगत सिह विक, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

ताजा खबर

नागरिकसंग मेयर कार्यक्रम प्रभावकारी बन्दै

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ‘नागरिकसंग मेयर कार्यक्रम’ प्रभावकारी...

इजरायली राजदूत हानान गोडर विपिन जोशीको घरमा, उद्धारका लागि प्रतिबद्धता

कञ्चनपुर – नेपालका लागि इजरायली राजदूत हानान गोडर महेन्द्रनगर...

इजरायली राजदूत हानान गोडरले विपिन जोशीको घर पुगेर गरे उद्धारको प्रतिबद्धता

कञ्चनपुर – नेपालका लागि ईजरायली राजदुत हनान गोडेर गोल्ड...

जैविक तटवन्ध निर्माण पछी किसानहरु हर्षित

कञ्चनपुर - जैविक तटवन्ध निर्माण पछी शुक्लाफाटा नगरपालिकाको वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?