व्यवस्थीत बनाईदैँ भीमदत्त स्मृती पार्क

महेन्द्रनगर १६ भदौ । कञ्चपरको महेन्द्रनगरमा रहेको भीमदत्त स्मृति उद्यान व्यवस्थित बनाईने भएको छ । भीमदत्त नगरपालिकाले १० वर्ष ठेक्का सम्झौता रद्द गरि थप व्यवस्थीत बनाउन लागेको हो ।

भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष राजेन्द्र पाण्डेयले महेन्द्रनगरको केन्द्रमा रहेको पार्कलाई व्यवस्थित बनाईन लागिको बताए । उनका अनसार यस अघि सञ्चालन गरिरहेको पक्षसँग सम्झौता खारेज गरि पुनः संरचना निर्माणसँगै व्यवस्थित गरिन लागिएको हो ।

नगरपालिकाले विनियोजन गरेको उद्यान व्यवस्थापन तथा सञ्चालन बजेटबाट पहिलो चरणमा पार्क सरसफाईको काम भईरहेको छ ।

‘अहिले वडा कार्यालयले दैनिक ज्यालादारीमा मजदर खटाएर सरसफाई र घाँस उखेल्ने काम गरिरहेको छ’ अध्यक्ष पाण्डेयले भने ‘पार्कलाई व्यवस्थित बनाउने योजना छ, भौतिक संरचनासँग अन्य मनोरञ्जनका सामाग्रीहरु ल्याउँदै छौ ।’

यस अघि पार्क झाडी र बट्यानले भरिएको, घाँस उम्रेको थियो भने पयाप्र्य मनोरञ्जनका साधनको पनि अभाव थियो ।

महेन्द्रनगर बजारमै मनोरञ्जनका लागि सबैको रोजाईको गन्तव्यका रुपमा पार्कलाई मर्मत संभार र व्यवस्थित बनाईन लागिएको अध्यक्ष पाण्डेयको भनाई छ । पार्क भित्र चमेना,गृह पार्कीङ स्थल, बगैँचा समेत निर्माण हनेछ ।

साथै पार्क सञ्चालनका लागि वडा कार्यालय आफैले जिम्मेवारी लिने अध्यक्षले बताए । उनका अनसार कर्मचारी राखेर पार्क सञ्चालनमा ल्याईने छ ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?