जनताको समस्या बुझ्न पुर्व राज्यमन्त्री रावल घरदैलो कार्यक्रममा

महेन्द्रनगर । जनप्रतिनिधिले चुनाव जितेर जनतालाई फर्केर नहेरेको स्थानीयले गुनासो गरिरहेका छन् । कतिपय जनप्रतिनिधिलाई सेवा सुविधामै लिप्त रहेको आरोप समेत लाग्ने गरेको छ । तर कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ ख प्रदेश सभा सदस्य एंवम पुर्व राज्यमन्त्री प्रकाश रावल भने स्थानीयको समस्या बुझ्न घरदैलोमा नै पुग्ने गरेका छन् । उनले निर्वाचन क्षेत्रका विकास निर्माणका गतिविधि र समस्याबारे स्थलगत रुपमै अवलोकन गरिरहेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन वातावरण तथा पर्यटन पुर्व राज्यमन्त्री एंव्म प्रदेश सभा सदस्य रावलले आफ्नो निर्वाचन क्षेत्रमा अनुगमन गरेका छन् ।

उनले पछिल्लो समयमा स्थानीयको समस्याबारे जानकारी लिन आफ्नो निर्र्वाचन क्षेत्रमा अनुगमन गरिरहेका छन् । सोमबार भीमदत्त नगरपालिका ८ को ब्रह्म टोलका स्थानीयसँग छलफल गरिएको हो ।
ब्रह्म टोल विकास समितिले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले निर्वाचन क्षेत्रमा भईरहेका कामबारे स्थानीयलाई जानकारी दिएका थिए । भेटघाट कार्यक्रममा बोल्दैँ पुर्वराज्यमन्त्री रावलले स्थानीयको समस्यालाई सम्बोधन गर्ने गरि काम भईरहेकोमा विश्वस्त पारे ।

‘तपाईहरुको समस्या समाधानका लागि मैले पहल गरिरहेकोे छु, धेरै कामहरु भईसकेको पनि छन् ।’ कार्यक्रममा बोल्दै उनले भने ‘यस ठाउँको चौतर्फी विकासका लागि चुनावि वाचा अनुसार योजनाहरु पुरा हुन्छन्, तपाई ढुक्क रहनुस् ।’


त्यस्तै उनले निर्वाचन क्षेत्रमा आफ्नो पहल र पुर्वाधार विकास कार्यक्रम अन्र्तगत ६८ वटा बोरिङ र विभिन्न विद्यालयमा भौतिक पुर्वाधार निर्माण कार्य भएको उल्लेख गदैँ अगामी दुई वर्ष भित्रमा निर्वाचन क्षेत्र भरीमा सिचाँई सुविधा पु¥याउने प्रतिवद्धता समेत जनाए । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित सांसद रावलले विकास निर्माणका कार्यलाई प्राथमिकताकास साथ अगाडी बढाएका छन् ।

कार्यक्रम स्थानीयले समस्याबारे जानकारी दिदैँ टोलबासिका माग समेत अघि सारेका छन् ।

स्थानीयले घरदैलोमै आएर आफुहरुको समस्या बुझी दिएकोमा खुसी हुदैँ पुर्वराज्यमन्त्रीलाई धन्यवाद समेत दिए ।

कार्यक्रम भीमदत्त नगरपालिका ८ का वडाध्यक्ष ध्योज बहादुर विष्ट र वडा नम्बर ७ का वडाध्यक्ष शंकुरले वडाका विकास निर्माणका योजना र समस्याबारे जानकारी गराएको थिए ।

 

टोल विकास समितिका अध्यक्ष बिरभान दत्त भट्टले स्थानीय समस्याबारे जनप्रतिनिधिलाई जानकारी गराएको बताए । उनका अनुसार जनप्रतिनिधिलाई टोलवासिले लिखित रुपमै मागहरु बुझाएका छन् ।

ताजा खबर

शिवम् अटो ह्वील्स अत्तरिया–महिन्द्रा ग्राहकको विशेष उत्सव

हेमा भट्ट, माघ ११, कैलाली  महिन्द्रा गाडी प्रयोगकर्ताहरूका लागि प्रतिक्षित...

मोबाइल चिन्हसहित स्वतन्त्र आम–जनतापाटिबाट लक्ष्मी कुमारी बिष्ट भट्टको उम्मेदवारी

हेमा भट्ट, माघ १०, कञ्चनपुर कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र...

कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्व हस्तान्तरण, विकास र सहकार्यको नयाँ अध्याय

हेमा भट्ट, माघ ९, कञ्चनपुर कञ्चनपुर । कञ्चनपुर जिल्लाको उद्योग,...

मर्निङ्ग ग्लोरी कस्मिट ब्रेन हाजिरीजवाफ प्रतियोगिता ः महेन्द्रनगर नमुना मावि९साधारण स्कुल० प्रथम

धनसिह धामी कञ्चनपुर ६ माघ । कञ्चनपुरको एक निजी विद्यालयले हाजिरीजवाफ...

रमेश लेखक पक्षधर नेता कार्यकर्ताद्वारा दोधारामा गगन र विश्वप्रकासको पुत्ला दहन

कञ्चनपुर, ६ माघ । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा रमेश लेखकलाई...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?