५६ वर्षपछि आइसियू सेवा सञ्चालन

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अस्पतालमा आइसियू सेवा सञ्चालनमा आएको छ ।

सोमबार एक कार्यक्रमका विच प्रतिनिधिसभा सांसद निरु देवी पालले रेवन काटेर अस्पतालको आइसियूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूू सेवाको उद्धघाटना गरेकी हुन् ।

महाकाली अस्पताल स्थापनाको ५७ वर्ष पछि पहिलो पटक सघन उपचार (आइसियू) सेवा सञ्चालनमा आएको व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) ले बताए ।

जनशक्ति अभावले सघन उपचार (आइसियू) सेवाका लागि उपकरण जडान भएको लामो समय भइसक्दा पनि सञ्चालनमा आउन सकेको थिएन । सुदूरपश्चिम प्रदेशको आर्थिक सहयोगमा लामो समयको प्रयासपछि आइसियू सञ्चालनमा ल्याउन सफल भएको अध्यक्ष जोशी बताउँछन् ।

अहिले ३ भेन्टिलेटर जडान गरेर ६ बेडको आइसियू सेवा सञ्चालन गरिएको उनले बताए । ‘आइसियू सञ्चालनका लागि प्रदेशले एक करोड बजेट दिएको छ । अक्सिजन प्लान्टका लागि छुट्टै ८० लाख रकम आएको छ । तर लकडाउनका कारण बाहिरबाट मगाउन नसक्दा हाल त्यो रोकिएको छ ।’ उनले भने, ‘अक्सिजनका १० वटा सिलिण्डरमार्फत अस्थायी रुपमा आइसियू सेवा सञ्चालन गरिएको हो ।’

अक्सिजन प्लान्टका लागि चैत्र ७ गते नै टेण्डर आह्वान गरे पनि बाहिर देशबाट मगाउनु पर्ने भएकाले अहिले त्यो आउन नसकेको हो ।

‘यहाँका बिरामीहरु बाहिर जान नपरोस भनेर हामीले अस्थायी रुपमै भएपनि आइसीयू संचालन गरेका छौँ ।’ अध्यक्ष जोशीले भने, ‘अझै पनि हामीसँग जनशक्तिको कमि छ ।त्यसका लागि माथी पहल भइरहेको छ ।’

तत्कालै आइसियू कक्षमा ४ वटा भेन्टिलेटर र १० वटा बेड थप्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

आइसियू सेवामा डा. अर्जुन भट्ट, एनएस थेसिया विशेषज्ञ डा. बिरेन्द्र बुडाल सहितको टिम खटिएको छ ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?