५६ वर्षपछि आइसियू सेवा सञ्चालन

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित महाकाली अस्पतालमा आइसियू सेवा सञ्चालनमा आएको छ ।

सोमबार एक कार्यक्रमका विच प्रतिनिधिसभा सांसद निरु देवी पालले रेवन काटेर अस्पतालको आइसियूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूूू सेवाको उद्धघाटना गरेकी हुन् ।

महाकाली अस्पताल स्थापनाको ५७ वर्ष पछि पहिलो पटक सघन उपचार (आइसियू) सेवा सञ्चालनमा आएको व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) ले बताए ।

जनशक्ति अभावले सघन उपचार (आइसियू) सेवाका लागि उपकरण जडान भएको लामो समय भइसक्दा पनि सञ्चालनमा आउन सकेको थिएन । सुदूरपश्चिम प्रदेशको आर्थिक सहयोगमा लामो समयको प्रयासपछि आइसियू सञ्चालनमा ल्याउन सफल भएको अध्यक्ष जोशी बताउँछन् ।

अहिले ३ भेन्टिलेटर जडान गरेर ६ बेडको आइसियू सेवा सञ्चालन गरिएको उनले बताए । ‘आइसियू सञ्चालनका लागि प्रदेशले एक करोड बजेट दिएको छ । अक्सिजन प्लान्टका लागि छुट्टै ८० लाख रकम आएको छ । तर लकडाउनका कारण बाहिरबाट मगाउन नसक्दा हाल त्यो रोकिएको छ ।’ उनले भने, ‘अक्सिजनका १० वटा सिलिण्डरमार्फत अस्थायी रुपमा आइसियू सेवा सञ्चालन गरिएको हो ।’

अक्सिजन प्लान्टका लागि चैत्र ७ गते नै टेण्डर आह्वान गरे पनि बाहिर देशबाट मगाउनु पर्ने भएकाले अहिले त्यो आउन नसकेको हो ।

‘यहाँका बिरामीहरु बाहिर जान नपरोस भनेर हामीले अस्थायी रुपमै भएपनि आइसीयू संचालन गरेका छौँ ।’ अध्यक्ष जोशीले भने, ‘अझै पनि हामीसँग जनशक्तिको कमि छ ।त्यसका लागि माथी पहल भइरहेको छ ।’

तत्कालै आइसियू कक्षमा ४ वटा भेन्टिलेटर र १० वटा बेड थप्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

आइसियू सेवामा डा. अर्जुन भट्ट, एनएस थेसिया विशेषज्ञ डा. बिरेन्द्र बुडाल सहितको टिम खटिएको छ ।

ताजा खबर

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

बहुमतको युवा संगठनद्वारा न्यायाधिश थारुलाई मोसो

कञ्चनपुर, जेठ २९ नेकपा बहुमत निकट युवा संगठनले उच्च...

जन्मदिनको अवसरमा भीमदत्त २का निर्वतमान वडाध्यक्ष कार्कीद्वारा क्यान्सरपीडितलाई उपचार खर्च 

कञ्चनपुर, जेठ २९  कञ्चनपुरका युवा एव भीमदत्त नगरका निर्वतमान एक...

भीमदत्तमा सडक बत्ती, जनतालाई सहता सगै दुर्घटनाबाट सुरक्षित बन्दै  

कञ्चनपुर, २९ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक बत्ती जडान...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?