अनाथ बालबालिकालाई खिर खुवाएर पत्रकार गिरीले मनाए जन्मदिन

महेन्द्रनगर । कञ्चनपुरका पत्रकार तथा समाजसेवी मदन गिरीले आफ्नो जन्मदिनको अवसरमा अनाथालयमा रहेका बालबालिकाहरुलाई खिर खुवाए छन् ।

सोमबार जिल्लाको महेन्द्रनगर स्थित महाकाली समाज कल्याण अञ्चल बाल अनाथालयका बालबालिकालाई खिर खुवाएर पत्रकार गिरीले आफ्नो जम्मदिन मनाएका छन् ।

पछिल्लो समय जन्मदिनमा ठुल–ठुला होटेलमा गएर धेरै पैशा खर्च गर्ने परिपाटी रहेका बेला आफुले नयाँ कामको थालनी गरेको गिरीले बताए ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस बिबिए ७ औँ सेमेस्टरमा अध्ययनरत गिरी आर्थिक अभियान राष्ट्रिय दैनिकका कञ्चनपुर समाचारदाता हुन् ।

उनी देशपार्टी, सुदूरपश्चिम खबर डटकम अनलाईका साथै कञ्चन टुडे दैनिकका कार्यकारी सम्पादक हुन् । उनि लियो क्लव अफ शुक्लाफाँटा स्माइलका पूर्व अध्यक्ष पनि हुन् ।

पत्रकार गिरीको समाजिक कार्यप्रति कञ्चनपुरका पत्रकार हर्षित भएका छन् ।

स्वतन्त्र पत्रकार संघ कञ्चनपुरका सचिव समेत रहेका पत्रकार गिरी पछिल्लो युवा पुस्ताका जुझारु पत्रकारका रुपमा गनिन्छन् ।

गिरीले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएक छन् ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?