सुदूरपश्चिममा थप ७५ जनामा कोरोना पुष्टि

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार २ सय २४ पुगेको छ । प्रदेशमा आइतबार थप ७५ जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ४२ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ३३ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीको घोडाघोडी नगरपालिकाका एक महिला,३ पुरुष,गोदावरी नगरपालिकाका ५ महिला,१० पुरुष,धनगढी उपमहानगरपालिकाका ४ महिला, ४ पुरुषमा,भजनी नगरपालिकाका एक महिला, ३ पुरुष र जोशीपुर गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिकाका २ महिला,४ पुरुष,कृष्णपुर नगरापलिकाका एक महिला, एक पुरुष र कञ्चनपुरकै २ पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा डडेल्धुराको गन्यापधुरा गाउँपालिका र अजयमेरु गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै अछामको पञ्चदेबल विनायक नगरपालिकाका ६, मंगलसैन नगरपालिकाका १७, बझाङको केदारस्यूँ गाउँपालिकाका २, बुङगल गाउँपालिकाका एक, दार्चुलाको मालिकार्जुन गाउँपालिकाका एक र बैतडीका ४ जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पताल कोभिड–१९ परिक्षण प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रशाद भूषालले बताए ।

प्रदेशमा हाल सम्म जम्मा संक्रमित मध्ये ४ हजार ३ सय ७६ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने ९ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?