सुदूरपश्चिममा थप ७५ जनामा कोरोना पुष्टि

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार २ सय २४ पुगेको छ । प्रदेशमा आइतबार थप ७५ जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ४२ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ३३ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीको घोडाघोडी नगरपालिकाका एक महिला,३ पुरुष,गोदावरी नगरपालिकाका ५ महिला,१० पुरुष,धनगढी उपमहानगरपालिकाका ४ महिला, ४ पुरुषमा,भजनी नगरपालिकाका एक महिला, ३ पुरुष र जोशीपुर गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिकाका २ महिला,४ पुरुष,कृष्णपुर नगरापलिकाका एक महिला, एक पुरुष र कञ्चनपुरकै २ पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा डडेल्धुराको गन्यापधुरा गाउँपालिका र अजयमेरु गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै अछामको पञ्चदेबल विनायक नगरपालिकाका ६, मंगलसैन नगरपालिकाका १७, बझाङको केदारस्यूँ गाउँपालिकाका २, बुङगल गाउँपालिकाका एक, दार्चुलाको मालिकार्जुन गाउँपालिकाका एक र बैतडीका ४ जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पताल कोभिड–१९ परिक्षण प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रशाद भूषालले बताए ।

प्रदेशमा हाल सम्म जम्मा संक्रमित मध्ये ४ हजार ३ सय ७६ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने ९ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

ताजा खबर

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

एक दशकदेखि कञ्चनपुरका चार पक्की पुल अलपत्र

कञ्चनपुर, ३० बैशाख । कञ्चनपुरमा विगत एक दशकदेखि चार पक्की...

भीमदत्त १८का वडा सदस्य बस्नेतद्वारा बेदकोटका खेलाडीलाई खेलकुद समाग्री

  कञ्चनपुर, ३०  बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?