अछाम बाढी अपडेटः थप एक जनाको शव फेला,१० जना अझै बेपत्ता

महेन्द्रनगर । अछामको रामारोशन गाउँपालिकास्थित कैलाश खोलामा आएको बाढीले बगाएका थप एक जनाको शव फेला परेको छ ।

मंगलबार राती कैलाश खोलामा आएको बाढीले बगाएका रामारोशन गाउँपालिकाका–५ सैनीबजार कै १८ वर्षिय रुपेश साउँद शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरिक्षक योगेन्द्र सिंह थापाले बताए ।

उनले भने ‘थप एक जनाको शव फेला परेको छ,तर बाकीँ १० जना अझै सम्पर्कविहिन नै छन् ।’

सैनिबजारका १३ वर्षिय नविन साउँद, ३३ वर्षिया गौरी शाह,४८ वर्षिय चन्द्र साउद, ४५ वर्षिय अमर बहादुर शाह,२२ बविता बुडा साउद र रामारोश गाउँपालिका–८ बारलाका ४७ वर्षिया लालसरा शाहीको बुधबार नै शव फेला परेको थियो ।

मंलबार राति १ बजे अविरल वर्षासंगै कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका–५ स्थित सैनि बजारका ३० पसल तथा घर बगाउँदा १७ जना बेपत्ता भएका थिए ।

बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?