अछाम बाढी अपडेटः थप एक जनाको शव फेला,१० जना अझै बेपत्ता

महेन्द्रनगर । अछामको रामारोशन गाउँपालिकास्थित कैलाश खोलामा आएको बाढीले बगाएका थप एक जनाको शव फेला परेको छ ।

मंगलबार राती कैलाश खोलामा आएको बाढीले बगाएका रामारोशन गाउँपालिकाका–५ सैनीबजार कै १८ वर्षिय रुपेश साउँद शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरिक्षक योगेन्द्र सिंह थापाले बताए ।

उनले भने ‘थप एक जनाको शव फेला परेको छ,तर बाकीँ १० जना अझै सम्पर्कविहिन नै छन् ।’

सैनिबजारका १३ वर्षिय नविन साउँद, ३३ वर्षिया गौरी शाह,४८ वर्षिय चन्द्र साउद, ४५ वर्षिय अमर बहादुर शाह,२२ बविता बुडा साउद र रामारोश गाउँपालिका–८ बारलाका ४७ वर्षिया लालसरा शाहीको बुधबार नै शव फेला परेको थियो ।

मंलबार राति १ बजे अविरल वर्षासंगै कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका–५ स्थित सैनि बजारका ३० पसल तथा घर बगाउँदा १७ जना बेपत्ता भएका थिए ।

बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?