अछाम बाढी अपडेटः ६ जनाकै सनाखत,११ जना अझै बेपत्ता

महेन्द्रनगर । अछामको रामारोशन गाउँपालिकास्थित कैलाश खोलामा आएको बाढीले बगाउँदा बुधबार राती ६ जनाको मृत्यु भएको छ ।

बाढीले बगाउदाँ रामारोशन गाउँपालिका–५ सैनिबजारका १३ वर्षिय नविन साउँद,३३ वर्षिया गौरी शाह र ४८ वर्षिय चन्द्र साउँद, ४५ वर्षिय अमर बहादुर शाह,२२ बविता बुडा साउँद र रामारोश गाउँपालिका–८ बारलाका ४७ वर्र्षिया लालसरा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक रमेश अवस्थिले बताए ।

उनकाअनुसार नविन,गौरी र चन्द्रको बुधबार नै सनाखत भएको थियो भने बाकीँ को आज सनाखत भएको हो ।

बुधबार राती १ बजे अविरल वषाए संगै कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका–५ स्थित सैनि बजारका ३० पसल तथा घर बगाउँदा १७ जना बेपत्ता भएका थिए ।

बेपत्ता मध्ये ६ जनाको शव बुधबार नै भेटिएको थियो भने बाकी ११ जना अझै सम्पर्क विहिन रहेका छन् ।

बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडी भारत प्रस्थान

कञ्चनपुर, ६ कार्तिक भारतको नोएडामा आयोजना हुने दोस्रो ओकिनावा...

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?