अछाम बाढी अपडेटः ६ जनाकै सनाखत,११ जना अझै बेपत्ता

महेन्द्रनगर । अछामको रामारोशन गाउँपालिकास्थित कैलाश खोलामा आएको बाढीले बगाउँदा बुधबार राती ६ जनाको मृत्यु भएको छ ।

बाढीले बगाउदाँ रामारोशन गाउँपालिका–५ सैनिबजारका १३ वर्षिय नविन साउँद,३३ वर्षिया गौरी शाह र ४८ वर्षिय चन्द्र साउँद, ४५ वर्षिय अमर बहादुर शाह,२२ बविता बुडा साउँद र रामारोश गाउँपालिका–८ बारलाका ४७ वर्र्षिया लालसरा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक रमेश अवस्थिले बताए ।

उनकाअनुसार नविन,गौरी र चन्द्रको बुधबार नै सनाखत भएको थियो भने बाकीँ को आज सनाखत भएको हो ।

बुधबार राती १ बजे अविरल वषाए संगै कैलाश खोलामा आएको बाढीले रामारोशन गाउँपालिका–५ स्थित सैनि बजारका ३० पसल तथा घर बगाउँदा १७ जना बेपत्ता भएका थिए ।

बेपत्ता मध्ये ६ जनाको शव बुधबार नै भेटिएको थियो भने बाकी ११ जना अझै सम्पर्क विहिन रहेका छन् ।

बेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

क्वारेन्टाइन र भन्सार छल्दै भित्रिन्छन् भारतीय कृषि उपज, नेपाली किसानको उत्पादनले पाउँदैन बजार

कञ्चनपुरका कागती किसानको गुनासो : ‘हामीले पसिना बगाएर उत्पादन...

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?