कैलालीमा भोली मध्यरातदेखि पुनःलकडाउन

महेन्द्रनगर । कैलालीमा कोरोना संक्रमणको बढ्दै गएपछि बिहिवार राति १२ बजेदेखि १४ गतेसम्मका लागि पुनःलकडाउन हुने भएको छ ।

बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभर लागू हुने गरी पुनःलकडाउन गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यक सेवा वा वस्तुबाहेकका सबै प्रकारका उद्योग, व्यापार ब्यवसाय सञ्चालन नगर्ने  निर्णय गरेको छ ।

त्यस्तै बैठकमा औषधि खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने, अत्यावश्यक काममा घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग तथा भौतिक दूरी कायम गर्नुपर्ने लगायतका निर्णय पनि गरिएको छ । फाइल फोटो 

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?