कैलालीमा भोली मध्यरातदेखि पुनःलकडाउन

महेन्द्रनगर । कैलालीमा कोरोना संक्रमणको बढ्दै गएपछि बिहिवार राति १२ बजेदेखि १४ गतेसम्मका लागि पुनःलकडाउन हुने भएको छ ।

बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभर लागू हुने गरी पुनःलकडाउन गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यक सेवा वा वस्तुबाहेकका सबै प्रकारका उद्योग, व्यापार ब्यवसाय सञ्चालन नगर्ने  निर्णय गरेको छ ।

त्यस्तै बैठकमा औषधि खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने, अत्यावश्यक काममा घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग तथा भौतिक दूरी कायम गर्नुपर्ने लगायतका निर्णय पनि गरिएको छ । फाइल फोटो 

ताजा खबर

महेन्द्रनगरमा ‘फोफो’ अवधारणासहित एनसेलको नयाँ ग्राहक सेवा केन्द्र सञ्चालन कञ्चनपुर...

लाइसेन्स तथा ब्लुबुक भएका अटोमा नम्बरिङ सुरु, ट्राफिक जाँचलाई व्यवस्थित बनाइँदै

कञ्चनपुर ०७ साउन ट्राफिक प्रहरि कार्यालय कञ्चनपुरले ट्राफिक जाँचलाई व्यवस्थित...

भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

कञ्चनपुर, ४ श्रावण  महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम...

मुद्दा फर्छ्यौटमा उत्कृष्ट कञ्चनपुर जिल्ला अदालत, ५ करोडभन्दा बढी राजस्व संकलन

कञ्चनपुर, १ साउन कञ्चनपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?