सुदूरपश्चिममा बाढी पहिरोको वितण्डाः १० जनाको मृत्यु, ११ जना वेपत्ता

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोका कारण बुधबार मात्रै १० जनाको मृत्यु र ११ जना वेपत्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक मुकेश सिंहका अनुसार बाढी पहिरोका कारण एकैदिन अछाममा ६ जनाको मृत्यु र ११ जना बेपत्ता भएका छन् ।

त्यस्तै बझाङ र बाजुरामा २/२ जनाको मृत्यु भएको छ ।

अछाममा ६ जनाको शव फेला, ११ जना अझै सम्पर्कविहिन

अछाममा अत्याधिक वर्षापछि आएको बाढीले बगाउँदा (यो समाचार तयार पार्दा सम्म) ६ जनाको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका छन् ।

जिल्लाको रामारोशन गाउँपालिका– ५ सैनिबजार स्थित कैलाश खोलामा गएराती आएको बाढीले बगाउँदा सैनिबजारका १३ वर्षिया नविन साउँद, ३३ वर्षिया गौरी शाह, ४८ वर्षिय चन्द्र साउँद सहित ६ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक एवम् प्रवक्ता रमेश अवस्थिले बताए ।

‘बाढीले बगाएका १७ जना मध्ये ६ जनाको शव फेला परेको छ,बाकीँ ११ जना वेपत्ता भएका छन् ।’ प्रहरी निरीक्षक अवस्थिले भने ‘ फेला परेका ६ जनाको शव मध्ये ३ जनाको मात्र सनाखत भएको छ बाकीँ को सनाखत हुन सकेको छैन ।’ हाल हराएकाहरुको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक अवस्थिले जानकारी दिए ।

उनकाअनुसार प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्याय सहितको जिल्लाका उच्च अधिकारीहरुको टोली पनि सेनाको हेलिकप्टर मार्फत घटनास्थल पुगेको छ ।

उक्त बाढीले सैनीबजार स्थित २२ घर तथा पसल पनि बगाएको छ । स्थानिय नविन शाहका अनुसार बाढीले खालबजार, मुजाबगर, सैनीबजार, गजड, अल्लेडीलगायत धेरै ठाउँमा क्षति पु¥याएको छ । कैलाश खोलाको बाढीले खोला छेउछाउका घर, पसल र खेत समेत बगाएको बताइएको छ ।

बझाङमा २ जनाको मृत्यु

बुधबारनै बझाङको बुंगल नगरपालिका–५मा पनि पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १२ वर्षीय सचिन ताम्राकार र ५ वर्षीय सुदीप ओखेडा रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक एवम् प्रवक्ता मुकेश सिंहले बताए ।

पहिरोले स्थानीय पिपला ताम्राकारको घर बगाउँदा सचिन र सुदिपको मृत्यु भएको हो । ४० वर्षिया पिपला, १८ वर्षिया सुनीता ताम्राकार र १२ वर्षिया सन्तोषी ताम्राकार र १६ वर्षिय अनिल ताम्राकार घाइते भएका एसएसपी सिंहले जानकारी दिए ।

घाइते चारै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

बाजुरामा २ जनाको मृत्यु

बाजुरामा पनि बाढी पहिरोमा परेर २ जनाको मृत्यु भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका– १ का मीनबहादुर बुढाको घर पहिरोले बगाउँदा ३ वर्षिया सुमिका बुढाको मृत्यु भएको एसएसपी एवम् प्रवत्ता सिंहले बताए ।

उनकाअनुसार पहिरोले ५ वर्षिया विनीता, ६५ वर्षिय नन्दादेवी बुढा घाइते भएका छन् । त्यस्तै बाजुराकै धूपे खोलामा आएको बाढीमा बगेर ७५ धिनु लुहारको पनि मृत्यु भएको एसएसपी सिंहले जनाकारी दिए ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

पुर्व विद्यार्थी नेता भट्टद्वारा जन्मदिनको अवसरमा क्यान्सर पीडित युवादेखि बेसाहरा बालबालिकालाई सहयोग

कञ्चनपुर, असार १३ कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले आफ्नो जन्मदिनका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?