सुदूरपश्चिममा बाढी पहिरोको वितण्डाः १० जनाको मृत्यु, ११ जना वेपत्ता

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोका कारण बुधबार मात्रै १० जनाको मृत्यु र ११ जना वेपत्ता भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक मुकेश सिंहका अनुसार बाढी पहिरोका कारण एकैदिन अछाममा ६ जनाको मृत्यु र ११ जना बेपत्ता भएका छन् ।

त्यस्तै बझाङ र बाजुरामा २/२ जनाको मृत्यु भएको छ ।

अछाममा ६ जनाको शव फेला, ११ जना अझै सम्पर्कविहिन

अछाममा अत्याधिक वर्षापछि आएको बाढीले बगाउँदा (यो समाचार तयार पार्दा सम्म) ६ जनाको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका छन् ।

जिल्लाको रामारोशन गाउँपालिका– ५ सैनिबजार स्थित कैलाश खोलामा गएराती आएको बाढीले बगाउँदा सैनिबजारका १३ वर्षिया नविन साउँद, ३३ वर्षिया गौरी शाह, ४८ वर्षिय चन्द्र साउँद सहित ६ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक एवम् प्रवक्ता रमेश अवस्थिले बताए ।

‘बाढीले बगाएका १७ जना मध्ये ६ जनाको शव फेला परेको छ,बाकीँ ११ जना वेपत्ता भएका छन् ।’ प्रहरी निरीक्षक अवस्थिले भने ‘ फेला परेका ६ जनाको शव मध्ये ३ जनाको मात्र सनाखत भएको छ बाकीँ को सनाखत हुन सकेको छैन ।’ हाल हराएकाहरुको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक अवस्थिले जानकारी दिए ।

उनकाअनुसार प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्याय सहितको जिल्लाका उच्च अधिकारीहरुको टोली पनि सेनाको हेलिकप्टर मार्फत घटनास्थल पुगेको छ ।

उक्त बाढीले सैनीबजार स्थित २२ घर तथा पसल पनि बगाएको छ । स्थानिय नविन शाहका अनुसार बाढीले खालबजार, मुजाबगर, सैनीबजार, गजड, अल्लेडीलगायत धेरै ठाउँमा क्षति पु¥याएको छ । कैलाश खोलाको बाढीले खोला छेउछाउका घर, पसल र खेत समेत बगाएको बताइएको छ ।

बझाङमा २ जनाको मृत्यु

बुधबारनै बझाङको बुंगल नगरपालिका–५मा पनि पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १२ वर्षीय सचिन ताम्राकार र ५ वर्षीय सुदीप ओखेडा रहेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक एवम् प्रवक्ता मुकेश सिंहले बताए ।

पहिरोले स्थानीय पिपला ताम्राकारको घर बगाउँदा सचिन र सुदिपको मृत्यु भएको हो । ४० वर्षिया पिपला, १८ वर्षिया सुनीता ताम्राकार र १२ वर्षिया सन्तोषी ताम्राकार र १६ वर्षिय अनिल ताम्राकार घाइते भएका एसएसपी सिंहले जानकारी दिए ।

घाइते चारै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

बाजुरामा २ जनाको मृत्यु

बाजुरामा पनि बाढी पहिरोमा परेर २ जनाको मृत्यु भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका– १ का मीनबहादुर बुढाको घर पहिरोले बगाउँदा ३ वर्षिया सुमिका बुढाको मृत्यु भएको एसएसपी एवम् प्रवत्ता सिंहले बताए ।

उनकाअनुसार पहिरोले ५ वर्षिया विनीता, ६५ वर्षिय नन्दादेवी बुढा घाइते भएका छन् । त्यस्तै बाजुराकै धूपे खोलामा आएको बाढीमा बगेर ७५ धिनु लुहारको पनि मृत्यु भएको एसएसपी सिंहले जनाकारी दिए ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?