दार्चुलामा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

महेन्द्रनगर । दार्चुलाको नौगाड गाउँपालिका–६ परिगाउँमा घर भत्काउने गरि गएको पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ ।

आइतबार अविरल वर्षाका कारण आएको पहिरोले घर भत्काउँदा पुरिएर ४२ वर्षिया मानमती ठगुन्ना र ५ वर्षिया आरती ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवत्ता एवम् प्रहरी निरिक्षक सुरेन्द्र जोशीले बताए ।

उनले भने ‘गएराती ११ बजे खोलामा आएको बाढीले घर भत्किदा पुरिएर आमाछोरीको मृत्यु भएको हो ।’

उनका अनुसार पहिरोका कारण २२ वर्षिया महना ठगुन्ना घाइते भएकी छन् भने सोही ठाउँको आधारभुत माध्यमिक विद्यालयको भवन र शौचालय सहित अरु ६/७ जनाको घरमा पनि क्षती पुगेको छ ।

पहिरोले पशुचौपाया पनि बगाएको प्रवत्ता जोशीले बताए । फाइल फोटो 

ताजा खबर

महेन्द्रनगरमा ‘फोफो’ अवधारणासहित एनसेलको नयाँ ग्राहक सेवा केन्द्र सञ्चालन कञ्चनपुर...

लाइसेन्स तथा ब्लुबुक भएका अटोमा नम्बरिङ सुरु, ट्राफिक जाँचलाई व्यवस्थित बनाइँदै

कञ्चनपुर ०७ साउन ट्राफिक प्रहरि कार्यालय कञ्चनपुरले ट्राफिक जाँचलाई व्यवस्थित...

भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

कञ्चनपुर, ४ श्रावण  महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम...

मुद्दा फर्छ्यौटमा उत्कृष्ट कञ्चनपुर जिल्ला अदालत, ५ करोडभन्दा बढी राजस्व संकलन

कञ्चनपुर, १ साउन कञ्चनपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?