१६ गायक–गायिकाले गाएको देशभक्ति गीत युट्युवमा प्रशंसित[भिडियो]

एउटै गीतमा १६ जना चल्तापुर्जा गायक–गायिकाको स्वर । राष्ट्रप्रेमले ओतप्रोत शब्दहरु । जनतामा राष्ट्रियता उर्लिएको समय । नरुचाइयोस किन ?

चार दिनअघि रिलिज गरिएको ‘मेरो देश नेपाल’ बोलको राष्ट्रिय गीतले युट्युवमा निकै राम्रो भ्यूज र प्रतिक्रिया पाइरहेको छ । अहिलेसम्म ६ लाखभन्दा धेरैपटक हेरिएको गीतमा ३ हजार ६ सयभन्दा बढि प्रतिक्रिया आएका छन् । सबैजसो प्रतिक्रिया सकारात्मक छन् ।

अम्बिका शर्माले कोरेका शब्दहरुलाई अर्जुन पोखरेलले संगीत भरेका हुन् । गीतमा राजेश पायल राई, प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई, राजु परियार राज सिग्देलजस्ता चर्चित गायक–गायिकाको स्वर रहेको छ । यसैगरि, कृष्ण काफ्ले अनिता चलाउने, बुद्ध लामा, अस्मिता अधिकारी, समिक्षा अधिकारी, कृष्ण भुजेल, प्रविण भेडवाल र स्वयम् अर्जुन पोखरेलले पनि स्वर भरेका छन् ।

चर्चित टेलिभिजन प्रस्तोता भुषण दाहालको न्यारेसनपछि गीत सुरु हुन्छ । गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् ।

गायिका अनिता चलाउने यस गीतकी प्रस्तुतकर्ता हुन् । गीतमा आएका प्रतिक्रियाहरुले आफूलाई निकै उत्साहीत बनाएको उनले बताइन् ।

‘यो गीत तयार गर्न मलाई धेरै वरिष्ठ गायक–गायिकाले सहयोग गर्नुभयो । मैले ल्याउन चाहेका केही गायक–गायिका विभिन्न कारणले छुट्नु पनि भएको छ । जे भए पनि गीतलाई दर्शकहरुले रुचाइदिनुभएकोमा सबैप्रति आभारी छु,’ उनले भनिन् ।

अनिताका अनुसार लकडाउनका बेला गायक–गायिकालाई उनीहरुको समय मिलाएर पालैपालो बोलाई भिडियो सुटिङ गरिएको थियो ।अनलाइखबर 

ताजा खबर

बागफाँटा लक्ष्मी मावि गणित विद्यामा प्रथम

कञ्चनपुर, जेठ १३ कञ्चनपुरको लक्ष्मी माध्यामिक विद्यालय बागफाँटा गणित विद्यामा...

सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका पुर्व विद्यार्थी क्यान्सर पिडित कार्की आर्थीक संकटमा

कञ्चनपुर, १३ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसका...

नेशनल प्याथ ल्याव एण्ड रिसर्च प्रा.लि.शाखा महेन्द्रनगरमा पनि सञ्चालनमा

उपेश सिंह धामी महेन्द्रनगर १० जेठ । कञ्चनपुरको महेन्द्रनगरमा सुविधा...

बागफाँटाकोे लक्ष्मी मा.वि. गुरुयोजना निर्माणका लागि सरोकारवालासंग सुझाव संकलनमा

उपेश सिंह धामी महेन्द्रनगर ०९ जेठ । कञ्चनपुरको एक सरकारी विद्यालय...

कञ्चनपुरका वन प्रमुख ठाकुर भ्रष्टाचारमा लिप्त

उपेश सिंह धामी कञ्चनपुर, ०९ जेठ । कञ्चनपुरका डिभिजन वन कार्यालय...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?