कैलालीमा थप २४ जनामा कोरोना पुष्टि,कुन स्थानिय तहका कती ? (हेर्नुहोस सूचिसहित)

महेन्द्रनगर । कैलालीमा कोरोना संक्रमितको संख्या १ हजार ६१ पुगेको छ ।

आइतबार जिल्लामा थप २४ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप २४ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

आइतबार जिल्लाको बर्दगोरिया गाउँपालिकाका दुई महिला र ६ पुरुष गरी ८ जना, जोशीपुर गाउँपालिकाका एक महिना र ६ पुरुष गरी ७ जना, गौरीगंगा नगरपालिकाका एक महिला र चार पुरुष गरी पाँच जना, टीकापुर नगरपालिकाका एक महिला र तीन पुरुष गरी चार जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका लसूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

स्वास्थ्य निर्देशनालय डोटीकाअनुसार कैलालीमा हालसम्म संक्रमितमध्ये ४ जनाको मृत्यु भइसकेको छ भने १ सय ३८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?