सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३८२३ पुग्यो

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय २३ पुगेको छ । प्रदेशमा बुधबार थप २२ जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १९ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा दुई जना र सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको छ ।

बुधबारं डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराका २ जना र सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बताए ।

यता सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुरको बेदकोट नगरपालिकाका एक महिला र १० पुरुष गरी ११ जना, कैलालीको टीकापुर नगरपालिका चार महिला, अछामको चौरपाटी गाउँपालिका दुई महिला र साँफेवगर नगरपालिका दुई पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

प्रदेशमा संक्रमित मध्ये १ हजार ५ सय ८५ जना डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?