सुदूरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३८२३ पुग्यो

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय २३ पुगेको छ । प्रदेशमा बुधबार थप २२ जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १९ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा दुई जना र सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको छ ।

बुधबारं डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा डडेल्धुराका २ जना र सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बताए ।

यता सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कञ्चनपुरको बेदकोट नगरपालिकाका एक महिला र १० पुरुष गरी ११ जना, कैलालीको टीकापुर नगरपालिका चार महिला, अछामको चौरपाटी गाउँपालिका दुई महिला र साँफेवगर नगरपालिका दुई पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

प्रदेशमा संक्रमित मध्ये १ हजार ५ सय ८५ जना डिस्चार्ज भईसकेका छन् भने ८ जनाको मृत्यु भईसकेको छ।

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?