कञ्चनपुरःहुलाकी राजमार्ग निर्माणमा भारतिय पक्षको अवरोध

महेन्द्रनगर । पश्चिम कञ्चनपुर देखी पूर्व झापा सम्म जोड्ने निर्माणधिन नेपालकै दोस्रो लामो राष्ट्रिय हुलाकी राजमार्ग निर्माणमा भारतिय पक्षले पुनः अवरोध गरेको छ ।

यसअघि झन्डै एक वर्ष पहिला पनि सडक निर्माणमा भारतले अवरोध गरेको थियो । आइतबार कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई स्थित रहेको ३८ नम्बर पिल्लर क्षेत्र नजिकै निर्माण भइरहेको हुलाकीमार्गको निर्माण कार्यमा भारतिय पक्षले उत्त भूमी आफ्नो भन्दै अवरोध गरको छ ।

एसएसबी सहित भारतीय प्रशासनिक अधिकारी लगाएतको करिब १ सय ५० जनाको टोली आएर उत्त क्षेत्र भारतको भन्दै सडक निर्माणमा अवरोध गरेको स्थानिय हरीचन्द्र ठकुरीले बताए । स्थानिय ठकुरीका अनुसार भारतिय पक्षले भने बमोजिम सीमा मान्ने हो भने नेपालीहरुले भोगचलन गर्दै आएको झन्डै ३० बिघा जमिन भारत तर्फ जाने छ ।

स्थानीय एव शिक्षक बुद्धिजिवी विवेक लम्सालले भारतीय पक्ष रबैया र दादागिरीशैलीले नेपाली भूमिमै आएर सडक निर्माण कार्य रोकेको बताए ।

‘१ सय ५० जनाको टोली आएको थियो’, ‘उनले भने, ‘सडकको काम रोकेर गए ।’ निर्माण कम्पनीसंग काम नगर्न भनेपछि आइतबारदेखि काम रोकिएको उनले बताए ।

बेलौरी नगरपालिका–८का वडाध्यक्ष नन्द कुमार रानाकाअनुसार भारतीय पक्षले जिपिएस नक्साबाट उक्त सडक भारतको भूमिमा पर्ने दावि गर्दै काममा अवरोध गरेको छ । ‘माथिको विषय भन्दै काम रोकेर गए’, ‘उनले भने, ‘भारतीय पक्षले जहिल्यै अवरोध गर्दै आएको छ ।’

यद्यपी दशगजा क्षेत्रमा सडक निर्माण भइरहेकोले उनिहरु हेर्न मात्र आएका यता प्रमुख जिल्ला अधिकारी नुहरी खतिवडाले बताउछन् । ‘उनिहरु सडक हेर्न आएका हुन् ।

त्यस्तो ठुलो विवाद केही होइन ।’ तर उत्त क्षेत्रको ३७ देखी ३९ नम्बर पिल्लर सम्म सीमा विवाद हुदै आएको छ । स्थानिय ठकुरीले भने ‘उत्त क्षेत्रमा निर्माण भइरहेको हुलाकी राजमार्ग अन्तर्गतकको भू–भाग आफ्नो भन्दै भारतिय पक्षले सडक निर्माण रोक्न लगाएको छ ।’

यद्यपी गुगल म्याप हेर्दा उत्त भूमी नेपालमा परेपछि भारतिय पक्ष फर्केको उनले बताए । उनले भने ‘ गुगल म्याप हेर्दा भारतले आफ्नो भनिरहेको भूमी नेपालतर्फ परेपछि उनिहरु अर्को दिन सीमा विवादबारे छलफल गरीने भन्दै सडक निर्माण कार्य रोकेर फर्केर गए ।’

उत्त सडक निर्माण काम बाबाहंस सिद्धिकी निर्माण सेवाले गर्दै आएको छ । भारतीय एसएसबीले सडकखण्ड निर्माण कार्य नगर्न दवाव दिएपछि निर्माण कार्य आइतबार देखी रोकिएको निर्माण कम्पनीका संचालक चक्र शाहले बताए ।

गत बर्ष ग्राभिलिङ्ग गर्दा भारतीय पक्षले निर्माणमा अवरोध गरेको थियो, आइतबार पुनः कालोपत्रे तयारी गर्दा काम रोकेको शाहले बताए ।

बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले यस बारेमा नेपाली सुरक्षा अधिकारी, प्रशासन सहितको टोलीले भारतीय पक्षसंग संयुक्त वार्ता गरेर निकास निकाल्ने बताए ।

ताजा खबर

गणतन्त्र दिवस, राष्ट्रिय एकता आजको आवश्यकता : रावल

 धनगढी १५ जेठ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा धनगढीमा...

होली फेमिली इङ्लिस मिडियम स्कुलमा अन्तर माध्यमिक टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुँदै

कञ्चनपुर १४ जेठ कञ्चनपुरको भिमदत्त नगरपालिका–१० तिल्केनीस्थित हाेली फ्याम्ली अंग्रेजी...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर १४ जेठ  कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

रोयल दरबार होटल घटनामा प्रहरीको भूमिकामाथि प्रश्न, पीडित पक्षले गर्याे लापरवाहीको आरोप

कञ्चनपुर १३ जेठ भीमदत्त नगरपालिकाको भाषिमा रहेको रोयल दरबार होटलमा...

मेधाबीका विद्यार्थीहरुद्धारा नेपाल दुरसंचार प्राधिकरणको कार्यालय अवलोकन

कञ्चनपुर १३ जेठ कञ्चनपुरमा रहेको मेधाबी सेकेन्ड्री स्कुलले कक्षा ९...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?