बझाङमा पहिरोले बस्ती नै बगायोः कम्तीमा ७ जना बेपत्ता

महेन्द्रनगर । बझाङको केदारस्यु गाउँपालिका–८ को एक बस्तीनै पहिराले बगाउँदा कम्तिमा ७ जना बेपत्ता भएका छन् ।

शुक्रबार परेको अबिरल वर्षासँगै जिल्लाको केदारस्युँ गाउँपालिका–८ स्थित मल्लेस गाउँको माथिबाट आएको पहिरोले १७ घर बगाएको र कम्तिमा ७ जना बेपत्ता भएको स्थानीय लोकेन्द्र बिकले बताए ।

उनले भने ‘गाउँको माथीबाट आएको पहिरोले मल्लेस गाउँका १७ घर बगाएको छ भने ७ जना बेपत्ता भएका छन् ।’

हाल सम्म प्रहरी टोली घटनास्थल नपुगेको उनले बताए । यद्यपी प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक गणेश बमले बताए ।

उनले भने ‘प्रहरी टोली घटनाको खबर पाउने बित्तिकै घटनास्थलतर्फ गइसकेको छ । बाटो खराबीका कारण त्यहाँ पुग्न ढिलाई हुन गएको छ ।’

टोली त्यहा नपुगेकोले पहिरोले कति क्षति पुर्‍याएको छ भन्ने अहिले पुरै जानकारी नआएको डिएसपी बमले बताए ।

ताजा खबर

शिक्षामन्त्रीसँग इयू आबद्ध मुलुकका राजदूतहरुको शिष्टाचार भेटवार्ता

काठमाडौँ, ११ जेठ  माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग...

मन्त्रिपरिषद् बैठक: क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

काठमाडौँ, ११ जेठ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)...

शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्त

काठमाडौं, ८ जेठ  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र...

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?