बझाङमा पहिरोले बस्ती नै बगायोः कम्तीमा ७ जना बेपत्ता

महेन्द्रनगर । बझाङको केदारस्यु गाउँपालिका–८ को एक बस्तीनै पहिराले बगाउँदा कम्तिमा ७ जना बेपत्ता भएका छन् ।

शुक्रबार परेको अबिरल वर्षासँगै जिल्लाको केदारस्युँ गाउँपालिका–८ स्थित मल्लेस गाउँको माथिबाट आएको पहिरोले १७ घर बगाएको र कम्तिमा ७ जना बेपत्ता भएको स्थानीय लोकेन्द्र बिकले बताए ।

उनले भने ‘गाउँको माथीबाट आएको पहिरोले मल्लेस गाउँका १७ घर बगाएको छ भने ७ जना बेपत्ता भएका छन् ।’

हाल सम्म प्रहरी टोली घटनास्थल नपुगेको उनले बताए । यद्यपी प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक गणेश बमले बताए ।

उनले भने ‘प्रहरी टोली घटनाको खबर पाउने बित्तिकै घटनास्थलतर्फ गइसकेको छ । बाटो खराबीका कारण त्यहाँ पुग्न ढिलाई हुन गएको छ ।’

टोली त्यहा नपुगेकोले पहिरोले कति क्षति पुर्‍याएको छ भन्ने अहिले पुरै जानकारी नआएको डिएसपी बमले बताए ।

ताजा खबर

जेन्जि आन्दोलनमा सहिद भएका जाेशीकाे परिवारलाई युवाहरुबाट संकलित रकम हस्तान्तरण 

महेन्द्रनगर,२८ कार्तिक। गत २३ र २४ गते भदाै काठमाडौमा भएको...

एलबिएद्धारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

धर्मराज कठायत, कार्तिक २७ कञ्चनपुरको एक संस्थागत (निजी) विद्यालयले नेपाल...

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?